टक्सारमा आईपिएम पाठशाला सम्पन्न ।

Kakro pic

भवानी अधिकारी/ स्याङजा :
पुतलीबजार नगरपालिका वडा नं. ६ टक्सारमा १६ हप्ते आइपीएम (एकिकृत सत्रुजीव ब्यवस्थापन )कृषक पाठशाला आजदेखि सकिएको छ । पाठशालाको समापन कार्यक्रममा बोल्दै पुतलीबाजर
नगरकार्यपालिकाका आर्थिक विकास समितिका संयोजक बाबुकाजी जीटीले किसानले आफना रुची बमोजिमका खेती लगाई आर्थिकोपार्जन गर्नुपर्ने बताउदै किसानका उत्पादनलाई बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा कृषि सल्लाहकार ख्यामनारायण चापागाई, नगर सदस्य सीता भुजेल, सहभागी सरिता नेपाली लगायतले किसानका मर्म र भावना बुझेर राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कृषक समूहका अध्यक्ष कमला गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषक हुमबहादुर गुरुङ्ले स्वागत एवं जेटीए कमला जैसीले संचालन गर्नुभएको थियो ।
बिउ जमाएदेखि टिप्ने अवस्थासम्म संचालन गरिएको १६ हप्ते तालिममा २५ जना किसानको सहभागीता थियो । पाठशालामा गोबिन्दप्रसाद शर्मा र हुमबहादुर कुमालले प्रशिक्षण दिनुभएको थियो ।

Facebook Comments Box
TOP