ज्याग्दी खोला तरङ्गको १४औँ अंक लोर्कापण तथा कवि गोष्ठी सम्पन्न ।

कला राना / वालिङ :
“सामाजिक सांस्कृतिक रुपान्तरणका लागि साहित्यीक अभियान” भन्ने नाराका साथ ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाको आयोजनामा ज्याग्दी खोला तरङ्गको १४ औँ अंक लोकार्पण तथा कवि गोष्ठी वालिङ ५ जगतभञ्याङमा सम्पन्न भएको छ । तरंगको लोर्कापण गर्दै नगरप्रमुख दिलिपप्रताप खांणले साहित्य समाजको दर्पण भएकाले सामाजिक रुपान्तरणमा साहित्यीक भुमिका रहनुपर्ने बताउनुभयो । साथै उहाँले साहित्यीक क्षेत्रको स्तर वृद्धिका लागि नगरपालिकाले पहल गर्ने भन्दै समाजका विकृति विसंगितलाई साहित्य मार्फत उर्तानुपर्ने बताउनुभयो ।
कार्यक्रममा पुर्व सांसद धु्रव लम्साल, वरिष्ठ साहित्यकार देविप्रसाद वनबासी, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी, साहित्यकार तिलक अधिकारी, भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल, चिन्तु गिरी, लेखनाथ काफ्ले, शम्भु अर्याल, मतिसरा रिजाल, पर्शुराम कोईराला लगायतले शुभकामना सहित आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । पुस्तकको टिकाराम वाग्लेले समिक्षा गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष देवेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष अग्निकुमार पल्लब र सञ्चालन सहसचिव भगवत भट्टराईले गर्नुभएको थियो ।

यसैबीच वालिङ ५ जगतभञ्याङ्मै आधारभुत तहका विद्यालयबीचमा हाँजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । वडा कार्यालयले वडाभित्रका आधारभुत तहका विद्यालय बीचमा हाँजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ब्राईटलाईन इंलिस बोर्डिङ स्कूल प्रथम, महेन्द्र आधारभुत विद्यालय द्धितिय र यमुनादेवि आधारभुत विद्यालय तृतिय भएका छन् ।

Facebook Comments Box
TOP