जगत भञ्ज्याङमा एक दिने निशुल्क पशु स्वास्थ्य शिवीर सम्पन्न ।

आँधीखोला खवर / वालिङ :
वालिङ नगरपालिका वडा नं. ५ जगत भञ्ज्याङमा एक दिने निशुल्क पशु स्वास्थ्य शिवीर सम्पन्न भएको छ । वालिङ नगर कार्यपालिका र पशु सेवा केन्द्र वालिङको आयोजनामा शिविरको आयोजना गरिएको हो । शिवीरको उद्दघाटन गर्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले कृषि तथा पशु क्षेत्रको विकास आवश्यक रहेको भन्दै किसानको साथमा नगरपालिका रहेको बताउनुभयो । साथै उहाँले परम्परागत कृषि तथा पशु पालन भन्दा केहि फरक तरिकाले अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत गुरुदत्त सुवेदी, कार्यपालिका सदस्य जमुना के सि, वडा सदस्य महेश गुरुङ लगायतले शिविर निकै फलदायी हुने बताउनुभयो ।

वडा अध्यक्ष ढाकाराम पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पशु स्वास्थ्य प्राबिधिक रमेश अर्यालको संचालन र पशु सेवा केन्द्र वालिङका प्रमुख हुम नारायण श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । शिवीरमा ३८ वटा कुकुर लाई एन्टि रेबिज भ्याक्सिन, १८२ जना कृषक हरुको १८ सय गाई भैंसी बाख्रा बंगुर हरुलाइ जुका माटे भिटामिन जुम्रा एन्टिबायोटिक लगायतका औषधिहरु निशुल्क बितरण गरिएको थियो शिविरमा निशुल्क गोबर परिक्षण समेत गरिएको थियो ।




समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…