जगत भञ्ज्याङमा एक दिने निशुल्क पशु स्वास्थ्य शिवीर सम्पन्न ।
आँधीखोला खवर / वालिङ :
वालिङ नगरपालिका वडा नं. ५ जगत भञ्ज्याङमा एक दिने निशुल्क पशु स्वास्थ्य शिवीर सम्पन्न भएको छ । वालिङ नगर कार्यपालिका र पशु सेवा केन्द्र वालिङको आयोजनामा शिविरको आयोजना गरिएको हो । शिवीरको उद्दघाटन गर्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले कृषि तथा पशु क्षेत्रको विकास आवश्यक रहेको भन्दै किसानको साथमा नगरपालिका रहेको बताउनुभयो । साथै उहाँले परम्परागत कृषि तथा पशु पालन भन्दा केहि फरक तरिकाले अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत गुरुदत्त सुवेदी, कार्यपालिका सदस्य जमुना के सि, वडा सदस्य महेश गुरुङ लगायतले शिविर निकै फलदायी हुने बताउनुभयो ।

वडा अध्यक्ष ढाकाराम पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पशु स्वास्थ्य प्राबिधिक रमेश अर्यालको संचालन र पशु सेवा केन्द्र वालिङका प्रमुख हुम नारायण श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । शिवीरमा ३८ वटा कुकुर लाई एन्टि रेबिज भ्याक्सिन, १८२ जना कृषक हरुको १८ सय गाई भैंसी बाख्रा बंगुर हरुलाइ जुका माटे भिटामिन जुम्रा एन्टिबायोटिक लगायतका औषधिहरु निशुल्क बितरण गरिएको थियो शिविरमा निशुल्क गोबर परिक्षण समेत गरिएको थियो ।




समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


