चोरीमा संलग्न एक युवक पक्राउ
बीना गैह्रे/वालिङ :
चोरीमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. ६ बस्ने २३ वर्षीय अजित गुरुङ पक्राउ परेका हुन् । गत आइतबार आँधीखोला गाउँपालिका वडा नंं. ६ को निवुवाबोट बस्ने सावित्री कुमारी ढकालको पसलबाट २० हजार रुपैँया नगद सहित एनसेल र एनटिसीको रिचार्ज कार्ड गरी ४० हजार रुपैँया बराबरको चोरी भएको निवेदनको आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरी चौकी सेतिदोभान र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आँधीखोला गाउँपालिका ६ सिम्लेमा लुकिछिपि बसेको अवस्थामा चोरी गर्दा प्रयोग हुने औजार सहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
चोरीमा संलग्न गुरुङलाई जिल्ला अदालतमा पेश गरी ३ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


