चोरीमा संलग्न एक युवक पक्राउ
बीना गैह्रे/वालिङ :
चोरीमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. ६ बस्ने २३ वर्षीय अजित गुरुङ पक्राउ परेका हुन् । गत आइतबार आँधीखोला गाउँपालिका वडा नंं. ६ को निवुवाबोट बस्ने सावित्री कुमारी ढकालको पसलबाट २० हजार रुपैँया नगद सहित एनसेल र एनटिसीको रिचार्ज कार्ड गरी ४० हजार रुपैँया बराबरको चोरी भएको निवेदनको आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरी चौकी सेतिदोभान र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आँधीखोला गाउँपालिका ६ सिम्लेमा लुकिछिपि बसेको अवस्थामा चोरी गर्दा प्रयोग हुने औजार सहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
चोरीमा संलग्न गुरुङलाई जिल्ला अदालतमा पेश गरी ३ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


