गरिवी निवारणका लागि भिरकोट—५ मा उघुउद्यम तालिम
आँधीखोला खवर/ भिरकोट :
गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्र्तगत भीरकोट नगरपालिका ५ स्वरेक भञ्याङमा अगरबत्ती बनाउने तालिम शुरु भएको छ । ७ दिने अगरबत्ती बनाउने सिप विकास तालिम शुरु भएको हो । तालिमको उद्दघाटन गर्दै वडा अध्यक्ष यामप्रसाद अधिकारीले आर्थिक विकासका लागि लघुउद्यम विकास कार्यक्रम आवश्यक रहने भन्दै गरिवी निवारण नहुँदासम्म समृद्धि हासिल गर्न नसकिने बताउनुभयो ।

साथै उहाँले स्थानीयले उत्पादन गरेका उपजहरुलाई बजारीकरणको लागि वडा तथा नगरले व्यवस्थापन गर्ने भन्दै सिपलाई व्यवहारमा कार्यान्वयन गर्न सहभागिहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा १५ जनाको सहभागिता रहेको छ । कार्यक्रममा वडा सदस्य सुवेदार कृष्णबहादुर थापा, सहभागि कुलदिपा लम्साल, कमला सेनलगायतले बोल्नुभएको थियो । शोभाकान्त पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत गोमा तिवारी भण्डारी र सञ्चालन कमला अधिकारीले गर्नुभएको थियो ।

समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


