गरिवी निवारणका लागि बाख्रा पालन सम्वन्धी सीप विकास तालिम ।
कला राना / वालिङ :
स्याङ्जाको पुतलीबजार नगरपालिका ४ ठुलीबेसिमा एकहप्ते बाख्रा पालन सम्वन्धी सीप विकास तालिम शुरु भएको छ । गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्र्तगत बाख्रा पालन सम्वन्धी सीप विकास तालिम शुरु भएको हो । घरेलू तथा साना उद्योग विकास समिति स्याङ्जाको आर्थिक तथा प्राविधिक सहयोग र सुर्योदय क्लब स्याङ्जाको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
घरेलूले जिल्लाका स्थानीयतहका तथा क्लबसंग सहकार्य गर्दै विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आईरहेको छ । पछिल्लो समय सीपमुलक तालिममा स्थानीयतहहरु समेत सक्रिय बन्दै गएको पाईएको छ ।
कार्यक्रममा वडा अध्यक्ष ओम खड्काले तालिमलाई आ–आफ्नो व्यवसायमा कार्यान्वयन गरी पेशा तथा व्यवसायलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । तालिममा सुर्योदय क्लबका मेडपा कार्यक्रम संयोजक सुमन चौधरी, वडा सदस्य निला सापकोटा, टोल विकास संस्थका सचिव दिलबहादुर पोख्रेल, प्रशिक्षक टिका मरासिनी, उद्यमी बेलकुमारी सापकोटा र लक्ष्मी थापा लगायतले तालिम निकै फलदायी रहने विश्वास व्यक्त गर्नुभयो । २० गतेसम्म सञ्चालन हुने तालिममा टिका मरासिनीले प्रशिक्षण दिनुहुनेछ भने १० जना युवाहरुको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन लघु उद्यम सहजकर्ता रामसिंह चौधरीले सञ्चालन गर्नुभएको थियो । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत तालिममा बाख्रा पालन व्यवसाय सञ्चालन गर्दै आएका तथा नयाँ व्यवसाय सञ्चालन गर्न चाहनेहरुका लागि तालिम दिईएको हो ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…