गरिवसंग विश्वेश्वर कार्यक्रम अन्तर्गत मौरी पालन तालिम ।

आँधीखोला खवर / भीरकोट :
गरिवसंग विश्वेश्वर कार्यक्रम अन्तर्गत भीरकोट नगरपालिका ४ छाङ्छाङ्दीमा तिन दिने आधारभुत मौरी पालन तालिम विहिबारदेखि शुरु भएको छ । तालिमको उद्दघाटन गर्दै भीरकोट नगरप्रमुख छायाराम खनालले सीपमुलक तालिमलाई व्यवहारमा प्रयोग गर्न सकिए मात्र तालिमको औचित्य हुने भन्दै तालिमलाई अधिकतम कार्यान्वयनमा ल्याउन सहभागिहरुलाई आग्रह गर्नुभयो ।

मौरी एक सन्देश बाहक जीव भएकाले एकता नै ठुलो बल हो भन्ने सन्देश मौरीबाट लिन सकिने भएकाले हामीमा एकता हुनुपर्ने भन्दै एकता नै विकासको आधार भएको बताउनुभयो । कार्यक्रममा कांग्रेसका वडा सभापति पिताम्बर श्रेष्ठ, नेकपाका वडा अध्यक्ष मेघनारायण ढुङ्गाना लगायतले बोल्नुभएको थियो ।

तालिममा गरिवसंग विश्वेश्वर कार्यक्रम अन्र्तगत समुह सदस्यहरु ३५ जनाको सहभागिता रहेको छ भने सहजीकरण नेपाल मौरी पालक महासंघका केन्द्रिय उपाध्यक्ष श्यामप्रसाद अर्यालले गर्नुहुनेछ । कार्यबहाक वडा अध्यक्ष टंकप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत वडा सदस्य सेवाकुमारी थापा र सञ्चालन ईन्द्रा रेग्मीले गर्नुभएको थियो । कृष्णप्रसाद रेग्मीले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।

समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…