गरिवसंग विश्वेश्वर कार्यक्रम अन्तर्गत मौरी पालन तालिम ।
आँधीखोला खवर / भीरकोट :
गरिवसंग विश्वेश्वर कार्यक्रम अन्तर्गत भीरकोट नगरपालिका ४ छाङ्छाङ्दीमा तिन दिने आधारभुत मौरी पालन तालिम विहिबारदेखि शुरु भएको छ । तालिमको उद्दघाटन गर्दै भीरकोट नगरप्रमुख छायाराम खनालले सीपमुलक तालिमलाई व्यवहारमा प्रयोग गर्न सकिए मात्र तालिमको औचित्य हुने भन्दै तालिमलाई अधिकतम कार्यान्वयनमा ल्याउन सहभागिहरुलाई आग्रह गर्नुभयो ।

मौरी एक सन्देश बाहक जीव भएकाले एकता नै ठुलो बल हो भन्ने सन्देश मौरीबाट लिन सकिने भएकाले हामीमा एकता हुनुपर्ने भन्दै एकता नै विकासको आधार भएको बताउनुभयो । कार्यक्रममा कांग्रेसका वडा सभापति पिताम्बर श्रेष्ठ, नेकपाका वडा अध्यक्ष मेघनारायण ढुङ्गाना लगायतले बोल्नुभएको थियो ।

तालिममा गरिवसंग विश्वेश्वर कार्यक्रम अन्र्तगत समुह सदस्यहरु ३५ जनाको सहभागिता रहेको छ भने सहजीकरण नेपाल मौरी पालक महासंघका केन्द्रिय उपाध्यक्ष श्यामप्रसाद अर्यालले गर्नुहुनेछ । कार्यबहाक वडा अध्यक्ष टंकप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत वडा सदस्य सेवाकुमारी थापा र सञ्चालन ईन्द्रा रेग्मीले गर्नुभएको थियो । कृष्णप्रसाद रेग्मीले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


