गण्डकी प्रदेश विधायन समितिका सभापति रेग्मीद्धारा विभिन्न योजनाको निरक्षण ।
आँधीखोला खवर / वालिङ :
गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन प्रसाद रेग्मीले विभिन्न योजनाको अनुगमन तथा निरिक्षण गर्नु भएको छ । प्रदेश अन्तर्गत सञ्चालित योजनाको अनुगमन गर्नुका साथै आवश्यक सुझाव समेत दिईएको बताईएको छ ।

वालिङ नगरपालिका वडा नक्वर ७ बनकट्टामा रहेको बनकट्टा होम स्टे तथा सांस्कृतिक सामुदायीक भवनको निरिक्षण गर्दै सभापति रेग्मीले होमस्टेका प्रारम्भिक गतिविध सकिए पछि पर्यटन व्यवशाय सँगै आर्थिक वृद्धि एवं आयआर्जन बढ्ने बताउनु भयो । उहाँले पर्यटनको विकासका लागि आफूहरु लागि परेको समेत जानकरी दिनुयभो । बनकट्टा होमस्टेको लागि प्रदेश सरकारले रु १० लाख उपलव्ध गराएको छ । निरिक्षण पछिको अन्तक्र्रिया कार्यक्रममा वडा अध्यक्ष पाण्डुकुमार थापा, नेकपा जिल्ला कमिटि सदस्यहरु पुण्य प्रसाद अर्याल र गिरमान गुरुङ लगायतले बोलको थिए ।

त्यस्तै वालिङ ७ कै ताप्केमा सञ्चालित लिफ्टिङ खानेपानी योजनाको समेत सभापति रेग्मीले निरिक्षण गर्नुभएको छ । रेग्मी कै सक्रियतामा सञ्चालित उक्त खानेपानी योजना सम्पन्न भए पछि १ सय ५० घरपरिवार लाभान्वित हुनेछन् । रु ४० लाखको प्रारम्भिक बजेटबाट काम शुरु गरिएको उक्त योजना सम्पन्न हुँदा रु १ करोड ५० लाखको हाराहारीमा खर्च हुने सभापति रेग्मीले जानकारी दिनुयभो । योजना अन्तर्गत घर—घरमा धारा निर्माण गरिने वडा अध्यक्ष पाण्डुकुमार थापाले बताउनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


