गणतन्त्र दिवसको अवसरमा वालिङमा सरसफाई ।

आँधीखोला खवर /वालिङ :
गणतन्त्र दिवसको अवसर पारेर वालिङ नगरपालिकाको कार्यालय परिसरमा सरसफाई गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा वालिङ जेसिजको समन्वयमा सरसफाई कार्यक्रम गरिएको हो । सरसफाई कार्यक्रम पछिको अन्तक्रियामा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले युवाहरुको सक्रियतामा वालिङमा भईरहेका सकारात्मक कामहरु प्रति वालिङ जेसिजलाई धन्यवाद दिनुभयो । सकारात्मक उद्देश्य राखेर गरिएका जुनसुकै क्रियाकलापहरुले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने प्रमुख खाँणको भनाई थियो । गण्तन्त्रको बलले नै जनतामा अधिकार आएको भन्दै उहाँले यसको संस्थागत विकासमा सवै लाग्न जरुरी रहेको बताउनुभयो ।

सरसफाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, नगर प्रवक्ता एवं वडा नम्वर १ का अध्यक्ष केदार काफ्ले, विभिन्न वडाका वडा अध्यक्षहरु, नेपाली कांग्रेसका क्षत्रीय सभापति अर्जुनप्रकाश अर्याल, नगरपालिकाका कर्मचारी,पत्रकार वैङ्क तथा वित्तिय संस्थाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

तस्वीर- मणि प्रसाद अर्याल
आफूहरु विभिन्न अवसरमा समाजलाई प्रत्यक्ष प्रभाव पार्ने गतिविधी गर्दै आईरहेको वालिङ जेसिजका अध्यक्ष राजु तिवारीले जानकारी दिनुभयो । वालिङ जेसिज १६ देखि ४० वर्ष उमेर समूहका युवाहरुको साझा संस्था हो । सन् २००४ मा स्थापना भएको जेसिज कै संयोजनमा वालिङ नगरपालिकालाई पिंक सिटिको रुपमा विकास गर्ने काम भईरहेको छ । यसैवीच वालिङ जेसिजले नगरपालिकालाई फूल सहितको गमला हस्तान्तरण गरेको अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।


समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


