क्रिष्टियानो रोनाल्डोलाई अर्काे संकट
शुक्रबार, चैत २२, २०७५ मा प्रकाशित

एजेन्सी । चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डो केही न केही विबादमा परिरहन्छन् । पछिल्लो समय उनी एक अमेरीकी मोडललाई बलात्कार गरेको आरोप लागेपछि विवादमा तानिए । मिटु अभियान चलिरहेकै बेला लागेको बलात्कारको आरोप सेलाउन नपाउँदै उनी फेरी अर्को विबादमा तानिएका छन् ।
एक जर्मन पब्लीकेशनलाई आफ्ना विरुद्द वित्तिय सुचनाहरु प्रकाशन गर्न बन्देज लगाउन माग सहित हालेको मुद्धामा रोनाल्डो पराजित भए । अदालतबाट पराजित भएको खबर बाहिरिएपछि उनी बिवादमा तानिएका हुन ।
जर्मन पब्लिकेशन कम्पनी डेर स्पिएगेलले २०१६ मा क्रिष्टियानो रोनाल्डोका वित्तिय क्रियाकलापका बारेमा समाचार प्रकाशित गरेको थियो । उक्त पब्लिकेशनले क्रिष्टियानो रोनाल्डोलाई कर चोरी गरेको आरोप समेत लगाएको थियो । सो पब्लिकेशन हाउसले रोनाल्डोले १ सय ५० मिलियन यूरो कर चोरी गरेको हुन सक्ने भनी प्रकाशित गरेको थियो ।
रोनाल्डो तथा उनका कानुनी टिमले पब्लिकेशन विरुद्ध आफ्ना कुनै पनि वित्तिय सुचनाहरु छाप्न प्रतिबन्ध लगाउन माग गर्दै अदालतमा मुद्धा दायर गरेको थियो । तर आफैले दायर गरेको मुद्दामा उनी पराजित भए ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


