कालीगण्डकी साहित्य कला पुरस्कारबाट प्राज्ञ सुबेदी पुरस्कृत, स्रष्टा सम्मान कार्यक्रम वयरघारीमा सम्पन्न ।
आँधीखोला खवर/ भिरकोट :
स्याङ्जा साहित्य प्रतिष्ठान स्याङ्जाले स्रष्टा सम्मान तथा बिशेष रचना बाचन कार्यक्रम सम्पन्न गरेको छ । भिरकोट नगरपालिकाको बयघारीमा भएको कार्यक्रममा ३ जना स्रष्टालाई सम्मान गर्नुका साथै दुई दर्जन सहित्यकारहरुले आ—आफ्नो रचना बाचन गरेका थिए ।
प्रतिष्ठानले कालीगण्डकी साहित्य कला पुरस्कार—२०७५ बाट प्राज्ञ दधिराज सुवेदीलाई पुरस्कृत गरेको हो । प्राज्ञ सुवेदी मोरङको विराटनगरमा रहेर नेपाली भाषा साहित्यको समालोचना विधामा क्रियाशील रहदै आउनु भएको छ । २०५३ सालमा प्रतिष्ठानले स्थापना गरेको पुरस्कारको राशी १५ हजार ५ रुपैयाँ रहेको छ । पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्राज्ञ सुबेदीले साहित्यमा गरेको योगदानको मुल्याङकन गर्दै बिराटनगरमा नागरिक अभिनन्दन समेत गरिएको थियो । सुबेदीले नेपाल प्रज्ञा प्रतिष्ठान भाषा साहित्य पुरस्कार ,पुरस्कार सहित दर्जनौ पुरस्कार प्राप्त गरि सक्नु भएको छ ।
यसैगरी यानिती गिरी स्मृति साहित्य पुरस्कार—२०७५ बाट बाँके जिल्लाको नेपालगन्जमा रहेर नेपाली भाषा साहित्यमा क्रियाशील बाजुराका वरिष्ठ साहित्यकार खगेन्द्र गिरी कोपिलालई सम्मानित गरिएको छ । २०७२ सालमा यादव, नीलकण्ठ र तिलाकुमारी गिरीको स्मृतिमा छोरा तुलसी गिरी तथा परिवारले स्थापना गरेको पुरस्कारको राशि १५ हजार ५ रुपैयाँ रहेको छ ।
यस्तै आमा सुमित्रादेवी गिरी स्मृति साहित्य पुरस्कार—२०७५ वालिङमा बसेर नेपाली भाषा साहित्यको कविता र काव्य तथा गजल विधामा क्रियाशील युवा साहित्यकार अग्निकुमार रेग्मी पल्लवलाई पुरस्कृत गरिएको प्रतिष्ठानका सचिब मिलन समिरले जानाकारी दिनुभयो ।
स्रष्टा सम्मान तथा रचना बाचन कार्यक्रममा बरिष्ठ साहित्यकार प्राज्ञ बिवस पोख्रेल, साहित्यकार बिश्वप्रेम अधिकारी, चिन्तु गिरी, लेखनाथ काफ्ले, देबेन्द्र थुम्केली, देबेन्द्र लम्साल, तर्कना शर्मा, लक्ष्मी अर्पणा, श्याम ढुङ्गाना ,शभ्भु अर्याल, रेशम गोतामे, खगेन्द्र जंग थापा, प्रकाश पुलामी, गंगा कर्माचार्य पौडेल, राजेन्द्र श्रेष्ठ, मनिषा कोइराला, टिकाराम वाग्ले लगायतका स्रष्टाले गजल, कबिता, हाइकु, कथा आदि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भिरकोट नगरपालिका प्रमुख छायाँराम खनालले सम्मानित स्रष्टालाई सम्मान गर्दै सबैको चासो रहेमा स्याङ्जा साहित्यको केन्दै बन्ने बताउनुभयो । साहित्य मनको भावना भएको बताउदै खनालले साहित्यको सम्मान गर्न सकेमा आफ्नो पनि सम्मान हुने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख सिमा कर्माचार्य, अधिबक्ता तुलसी गिरी लगायतले मन्तब्य राख्नु भएको थियो । टिकाराम वाग्लेको स्वागतमा संचालन प्रतिष्ठानका सचिब मिलन समिरले गर्नुभएको थियो । कार्यक्रममा भिरकोट नगरपालिकाले विशेष सहयोग गरेको थियो ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…