कालीगण्डकीमा निःशुल्क बृहत शिविर सम्पन्न

Nisulka Swasthya Shibir-2


कालीगण्डकी : स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा एक दिने निःशुल्क बृहत शिविर सम्पन्न भएको छ । कालीगण्डकी गाउँपालिका वडा नं २ लसर्घा वेसीमा सम्पन्न निःशुल्क बृहत शिविरमा ६ सय ८६ जना लाभन्वित भएका छन् ।

शिविरको उद्दघाटन गर्दै नेपाली काँग्रेसका उपसभापति गोपालमान श्रेष्ठले मानविय स्वास्थ्य माथि खेलवाड गर्न नहुने बताउनु भएको छ । हरेक मानिस स्वच्छ हुन पाउनु पर्ने र अहिले बजारमा देखिएको विसाक्त वस्तु प्रभावकारी रुपमा अनुगमन हुनुपर्ने र जुन खानाले मानविय जीवनमा प्रभाव पर्दछ त्यसको रोकथाममा ध्यान दिनुपर्ने बताउनु भयो ।

श्रेष्ठले ग्रामीण क्षेत्रमा रहेका जनतालाई घर दैलौमा नै विशेषज्ञ टोली सहितको सेवा दिएर उदाहरणीय कार्य भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य मोहन प्रसाद पाण्डे, प्रदेश संसद भगवत प्रकाश मल्ल लगायतले शिविरको विषयमा आफ्नो भनाई राख्नुभएको थियो ।

स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं ३ निवासी समाजसेवी यम प्रसाद पाण्डेको पहलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरको विषयमा जानकारी गराउँदै ग्रामीण क्षेत्रमा रहेका र स्वास्थ्यको पहुँच भन्दा टाढा रहेका जनतालाई घर सम्म पुगेर सेवा दिन पाउनु राम्रो पक्ष भएको बताउनु भयो ।

शिविरमा टिचिङ अस्पतालका एम विविएस डाक्टर एमडिजि एम डाक्टर अनुराज झा सहितको १५ जनाको टोलीले सामान्य चिकित्स, पेट सम्बन्धी, कलेजो, स्त्री नशा तथा बालरोग लगायतको बिरामीले सेवा प्रदान गरेका थियो ।

आलमदेवी बहुउद्देश्यीय ग्रामिण सेवा परिवारका अध्यक्ष भुवन रानाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य आदर्श माध्यमिक विद्यालयका प्रअ भिम बहादुर थापा मगरले र कार्यक्रमको सञ्चालन संस्थाका सचिव भिम बहादुर विकले गरेका थिए ।

Facebook Comments Box
TOP