कालिगण्डकी गाँउपालिकाद्धारा सुविधा सम्पन्न अस्पताल ।
नारायण विश्वकर्मा/गल्याङ
स्वास्थ्यको पहुँचबाट टाढा रहेकोे गाउँपालिकालाई स्वास्थ्यको पहुँचमा ल्याउन सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । एघार वटा स्थानीय तहमध्ये कालीगण्डकी गाउँपालिका सदरमुकाम देखि सवै भन्दा दुर्गम र टाढाको गाउँपालिका हो ।
कालीगण्डकी गाउँकार्यपालिको पुर्ण वैठकले वडा नम्बर–७, मिर्मिमा १५ सैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत गणेश प्रसाद खनालले बताउनुभयो । उहाँले अस्पतालका लागि अवस्यक नौ रोपनी जग्गा खरिद गर्न तत्काल ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । खनालले आलमदेवी मन्दिरको गुठी जग्गा कानुन अनुसार अस्पतालको लागि खरिद गर्ने प्रक्रिया अगाडि वढिसकेको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले अस्पताल निर्माणको सम्पुर्ण खर्च संघिय सरकारले वेहोर्ने वेहोरा सहित बाटोको छेउमा जग्गा व्यवस्थापनका लागि गाउँपालिकालाई परिपत्र आईसकेकोे बताउनुभयो । उहाँले अस्पताल निर्माणका लागि आवस्यक संरचना र पुर्वधारको प्राविधिक र विज्ञको समुहबाट निरक्षणको काम भएको बताउनुभयो ।
सुत्केरी, घाउ चोटपटक र सामान्य उपचारका लागि यहाँका जनतालाई पाल्पा, पोखरा र वुटवल पुग्नुपर्ने बाध्यता छ । अस्पताल निर्माण पछि उपचारको अभावमा अकालमा ज्यान गुमाउनेको संख्या घट्ने, पैसा र समयको बचत हुने गाउँपालिकाको विश्वास छ । अस्पतालन सञ्चालन पछि कालीगण्डकी गाउँपालिका सहित गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका, पाल्पाको वगनासकाली गाउँपालिका लगाएतका जनताले सहज सेवा लिन सक्ने छन ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


