कालिका लघुवित्त हेलु शाखाको गोष्ठी सम्पन्न ।

आँधीखोला खवर/ हेलु :
कालिका लघुवित्त वित्तीय संस्था हेलुले केन्द्र प्रमुख तथा उपप्रमुखहरुको वार्षिक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । पुतलीबजार नगरपालिका वडा नम्बर ११ हेलुमा रहेको शाखाले आफ्नो समुहका केन्द्र प्रमुख तथा उपप्रमुखहरुको उपस्थितीमा गोष्ठी गरेको हो ।

कालिका लघुवित्तका सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले गोष्ठीको उद्देश्य र महत्वको बारेमा स्पष्ट पार्नुभयो । उहाँले छलफल र अन्तरक्रियामा उठेका गुनासो तथा समस्यालाई निराकरण गर्ने काम गर्नुभयो । त्यसैगरी कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्य नित्यानन्द तिवारीले अन्तक्र्रियामा आएका जिज्ञासा मेटाउदै लघुवित्त सेवाको प्रभावकारिता, आवश्यक्ताका बारेमा बताउनुभयो ।

गोष्ठीमा कर्जा तथा जोखिम व्यवस्थापन विभागका सहायक प्रकाश बहादुर बोगटीले संस्था,समुह र सेवाग्राहीको बिचमा सुमधुर सम्बन्ध स्थापित गर्न गोष्ठी आयोजना गरिएको बताउनुभयो । कालिका लघुवित्त वित्तीय संस्थाले छैठौं गोष्ठीको रूपमा हेलु शाखाको गोष्ठी सम्पन्न गरेको जनाएको छ । यसवर्ष ३० वटा गोष्ठी सम्पन्न गरिने संस्थाका योजना तथा अनुगमन प्रमुख याम प्रसाद अर्यालले जानकारी दिनुभयो ।
गोष्ठीमा संस्थाको हेलु शाखाका महिला तथा युवा विकास केन्द्रका प्रमुख, उपप्रमुख एवं प्रतिनिधि गरी ४० जना भन्दा वढीको सहभागीता रहेको युवराज अर्यालले जानकारी दिनुभयो ।
हेलु शाखा अन्तर्गतको मिलिजुली कालिका महिला विकास केन्द्रकी प्रमुख भवानीदेवि ढकाल क्षेत्रीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…