कांग्रेसले गर्यो वृद्धवृद्धालाई सम्मान्


माधव भट्टराई/ चापाकोट :
नेपाली काग्रेस चापाकोट वडा नं ९ ले शनिवार वृद्धवृद्धाहरुलाई सम्मान गरेकोे छ । नेपाली कांग्रेस वडा सभापति रामु बस्याल अध्यक्षता भएको कार्यक्रममा चापाकोट नगर पालिकाका प्रमुख शिव कुमार गिरीले वृद्धवृद्धालाई सम्मान् गर्नु भएको हो । कार्यक्रममा नगर प्रमुख गिरीले कांग्रेसले वृद्धवृद्धालाई सदैव सम्मान् गर्ने भन्दै उनीहरुलाई कांग्रेसले मात्रै संरक्षण गर्न सक्ने दावी गर्नुभयो ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधी गुरुप्रसाद भट्टराई, नेपाली कांग्रेस चापाकोट नगर सभापति रामचन्द्र पंगेनी,नेविसंघ पूर्व केन्द्रिय सदस्य युवराज पाण्डे, पुर्ब वडा सभापती टुक राज पाठक, जीबन डोटेल लगायतले वालेका थिए ।
कार्यक्रममा ८० जना वृद्धवृद्धालाई विभिन्न समान प्रदान गरी सम्मान गरिएको थियो

समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
५ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…