कांग्रेसको जागरण सभा अर्जुनचौपारीमा सम्पन्न ।

आँधीखोला खवर/ अर्जुनचौपारी
नेपाली कांग्रेसद्धारा जारी जागरण अभियान आज अर्जुनचौपारी गाँउपालिकामा सम्पन भएको छ । अर्जुनचौपारी गाँउपालिका वडा नम्वर १ अर्जुनचौपारी बजारमा भएको कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य एवं जागरण अभियानका लागि केन्द्रिय प्रतिनिधी गोविन्दप्रसाद भट्टराईले जित्नेहरुले काम गर्ने र हार्नेहरुले सघाउने काम भएमात्र गुट र उपगुटको अन्त्य हुने बताउनुभयो । बर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको बताउदै अनियमितता, भ्रष्टाचार र कुशासनतर्फ उन्मुख रहेको बताउनुभयो । सरकारी जग्गा ब्यक्तिका नाउमा बनाउने होड चलेका बेला सिंहदरवार पनि कुन दिन कुन नेताका नाउमा जाने हो सबै सचेत रहेर सार्वजनिक सम्पतीको संरक्षणमा एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जागरण सभामा पूर्व सांसद एवं पूर्व सभापति खगेन्द्रराज रेग्मी , महासमिति सदस्य देवी अर्याल, अर्जुनचौपारी गाउपालिका महिला संघका अध्यक्ष सपना गुरुङ, वडाअध्यक्ष तेजबहादुर रोका, कांग्रेस नेताहरु फणीनारायण अर्याल, बिष्णुबहादुर रोका, धनबहादुर गुरुङ, यामबहादुर गुरुङ, क्षेत्रबहादुर रोका, प्रताप पौडेल लगायतले जागरण अभियानको उदेश्य अनुरुप कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाली कांग्रेस अर्जुनचौपारी गाँउपालिकाका सभापति बोधनारायण रेग्मीकोे सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति ठकीमाया गुरुङ्ले स्वागत एवं सचिव रनबहादुर थापाले संचालन गर्नु भएको थियो ।

समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


