कांग्रेसको जागरणसभा विरुवा गाँउपालिकामा ।

आँधीखोला खवर/ फेदीखोला :
नेपाली कांग्रेसको जागरणसभा विरुवा गाँउपालिकामा सम्पन भएको छ । विरुवा गाँउपालिकामा भएको कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य एवं जागरण अभियानका लागि केन्द्रिय प्रतिनिधी गोविन्द प्रसाद भट्टराईले नेपाली जनता गाँउ—गाँउबाट उठ्न जरुरी रहेको बताउनु भयो । वोली र व्यवहार फरक÷फरक गर्ने कम्युनिष्टहरुले देशको अवस्था नै अस्तव्यस्त पारेको आरोप लगाउनु भयो ।

जागरण सभामा कार्यक्रम संयोजक मेघ वहादुर खड्का, महिला नेतृ लक्ष्मी केसी, कमल बहादुर खड्का, टि आर पोख्रेल लगायतले बोलेका थिए । जागरण सभामा विरुवा गाँउपालिका विभिन्न स्थानबाट मानिसहरु सहभागी हुन आएका नेविसंघ स्याङजाका सभापति अजित क्षेत्रीले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


