कर्मचारी समायोजनले इलाका प्रशासन वालिङमा कर्मचारीको अभाव

श्रीकृष्ण सिग्देल/वालिङ :
स्याङजाको वालिङमा रहेको इलाका प्रशासन कार्यालय एक महिना देखि कर्मचारीको अभावमा रहेको छ । संघिय सरकारले कर्मचारी समायोजनको अवधारणा ल्याएपछि कर्मचारीको चरम अभाव भएको हो । जिल्लामै सबै भन्दा बढी नागरिकता र राहदानी वितरण गर्ने इलाका प्रशासन पटक पटक कर्मचारीको अभाव खेप्न बाध्य भएको छ । कार्यलय सहयोगीको भरमा सेवाग्राहीलाई सेवा दिन बाध्य भएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताउनुभयो । शर्मा वालिङमा सरुवा भएर आएपछि पटक—पटक कर्मचारी अभावमा कार्यालय चलाउन बाध्य भएको गुनासो गर्नुहुन्छ । शाखा अधिकृत सहित ३ नायव सुव्वा, १ कम्प्युटर अपरेटर, १ सह लेखापाल र २ कार्यालय सहयोगीको दरबन्दी रहेको इलाका प्रशासनमा हाल कर्मचारी समायोजन पछि शाखा अधिकृत र सहायक कम्प्युटर अपरेटर स्थायी रहेका छन् भने दुई कार्यालय सहयोगी करारमा रहेका छन् ।
नायव सुव्वाले सनाखत गर्नुपर्ने सिफारीस म आफैले गर्नु परेको छ इलाका प्रशासन प्रमुख शर्माले भन्नुभयो,“जसले गर्दा काममा अत्यन्तै लोड खेप्न परेको छ ।” नागरिकता र राहदानी वितरण गर्ने संवेदनशिल कार्यालयमा समयमै कर्मचारी नपठाउनु दुखद भएको शर्माले बताउनुभयो । विभागमा जानकारी पठाएका छौ शर्माले भनेभयो,“छिट्टै कर्मचारी आउने बताइएपनि अहिले सम्म आएका छैनन् ।” समायोजनले स्थानीय तहमा जाने कर्मचारी गएपनि संघमा समायोजन हुने कर्मचारी नआउदा समस्या भएको शर्माले बताउनुभयो । कर्मचारीको अभाव भएपनि सेवा लिन आएका नागरिकलाई भने असहज नहुने गरी सेवा प्रवाह गरेको उहाँले स्पष्ट पार्नुभयो । अहिले इलाका प्रशासनले वालिङ, गल्याङ, चापाकोट नगरपालिका र कालीगण्डकी गाँउपालिका पुरै वडा र भीरकोट नगरपालिका, विरुवा, हरिनास गाँउपालिकाका केही वडाका जनतालाई सेवा दिदै आएको छ ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…