आजदेखि आइसीसी विश्रकप, पहिलो खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिका खेल्ने

एजेन्सी । १२औँ संस्करणको विश्वकप क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदै छ। ४६ दिनसम्म चल्ने प्रतियोगितामा ४८ खेल हुनेछन्। प्रतियोगिताको पहिलो खेलमा आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्नेछन्। यी दुवै टिमले अहिलेसम्म विश्वकप उपाधि जित्न सकेका छैनन्। आजको पहिलो खेल नेपाली समय अनुशार दिउसो सवा ३ वजेबाट शुरु हुनेछ ।

आयोजक इंग्ल्यान्डसँगै यसपटक उपाधि दाबेदार टिमका रूपमा अस्ट्रेलियालाई समेत हेरिएको छ। अस्ट्रेलिया स्टिभ स्मिथ र डेभिड वार्नरको आगमनले उत्साही छ। पाँचपटकको च्याम्पियन अस्ट्रेलिया आफ्नो विश्वकपको सानदार छविलाई कायम राख्ने ध्याउन्नमा छ।

आइसिसीले २७ वर्षपछि राउन्डरोबिन फर्म्याटमा एकदिवसीय विश्वकप आयोजना गर्न लागेको हो। प्रतियोगिताको ४४ वर्षे इतिहासमा दोस्रोपटक राउन्डरोबिन लिगका आधारमा अन्तिम चारको तय हुन लागेको हो।

यसअघि १९९२ मा भएको विश्वकप क्रिकेटमा राउन्डरोबिन लिगका आधारमा प्रतियोगिता भएको थियो। फर्म्याटमा भएको परिवर्तनले यसपटक बलिया मानिएका राष्ट्रहरूमाथि स्वाभाविक चुनौती हुनेछ।

यसअघि समूहचरण र नकआउटका आधारमा अधिकांश विश्वकप क्रिकेटका प्रतियोगिता भएका थिए। अब एक टिमले सेमिफाइनल प्रवेशका लागि ९ खेल खेल्नुपर्नेछ। लिगको अन्तसम्म अंक तालिकामा शीर्ष ४ मा रहने टिम सेमिफाइनलका लागि योग्य हुनेछन्।

प्रतियोगितामा उपाधिका लागि १० टिम ९इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत, अफगानिस्तान, बंगलादेश, न्युजिल्यान्ड, वेस्टइन्डिज, श्रीलंका, दक्षिण अफ्रिका र पाकिस्तान० प्रतिस्पर्धामा रहनेछन्। प्रतियोगिता इंग्ल्यान्ड र वेल्सका ११ मैदानमा हुनेछन्। प्रतियोगिताको फाइनल लड्र्स मैदानमा १४ जुलाईमा हुनेछ। प्रतियोगिताको लिगचरण ६ जुलाईमा सम्पन्न हुनेछ भने सेमिफाइनलका खेल ९ जुलाईबाट हुनेछन्। पहिलो सेमिफाइनल म्यानचेस्टरमा र दोस्रो बर्मिङघम मैदानमा हुनेछ।

Facebook Comments Box
TOP