आईसीसी टी-२० वरीयता : अलराउण्डरतर्फ पारस खड्का राेहित शर्मा र आन्द्रे रसेलभन्दा माथि
काठमाण्डाै – आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२० वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका छन् । नयाँ वरीयतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीले स्थान बनाएका छन् ।
वरीयताको अलराउण्डरतर्फ कप्तान पारस ३८ औंँ स्थानमा रहेका छन् । कप्तान पारस वरीयतामा यथावत रहेका हुन् । ७६ अंक पाएका कप्तान पारसको यो करियरकै ठूलो वरीयता हो ।
अलराउण्डरतर्फ ६० अंक पाएका सोमपाल एक स्थान सुधार गर्दै ४९ औंँ स्थानमा उक्लिएका छन् । यसअघि सोमपाल ५० औं स्थानमा रहेका थिए ।
यस्तै कप्तान पारस ब्याटिङतर्फ तीन स्थान तल झरेका छन् । पारस ९५ औंँ स्थानमा रहेका छन् । अघिल्लो महिना पारस ९२ औंँ स्थानमा थिए ।
बलिङको वरीयतामा सोमपाल र बसन्तले सुधार गरेको छ । समान ४०९ अंक पाएका सोमपाल ६८ र बसन्त ६९ औंँ स्थानमा रहेका छन् । यसअघि सोमपाल ७० र बसन्त ७१ औं स्थानमा रहेका थिए ।
आईसीसी टिम वरीयतामा नेपाल १४ औं स्थानमा यथावत रहेको छ ।
समाचार
थप सामाग्री
प्रथम खुमा अर्याल टी–२० कपको उपाधी गल्याङलाई
१ हप्ता अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधी गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउण्डेसलने आयोजना गरेको प्रतियोगितामा…


