आईसीसी क्रिकेट वरियतामा नेपाल तीन स्थान माथि उक्लियो, कतिऔं नम्बरमा पुग्यो त ?
विराटनगर,
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले सुधार गरेको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो ।

यसअघि १४ औं स्थानमा रहेको नेपालले दुई देशलाई पछि पार्दै ११ स्थानमा उक्लेको हो । नेपालले २१२ अंक पाएको छ । वरियताको पहिलो नम्बरमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रिका र तेस्रोमा इङल्यान्ड रहेका छन् ।
अष्ट्रेलिया चौथो, भारत पाँचौ र न्युजिल्याण्ड छैटौ स्थानमा छन् । अफगानस्तान सातौ, श्रीलंका आठौ, वेस्ट इण्डिज नवौ र बंगलादेश १० औं स्थानमा रहेका छन् । नेपालपछि स्कटल्याण्ड १२ औं, जिम्वावे १३ औं नेदरल्याण्ड १४ औं, आयरल्याण्ड १५ औं र युएई १६ औं स्थानमा छन् ।
नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा २–१ को जित निकालेपछि अन्य खेल खेलेको छैन । गत माघमा युएईसँग भएको ३ खेलको ट्वान्टी ट्वान्टी सिरिज जितेपछि नेपालले ३ स्थान सुधार गर्दै ११ औं स्थानामा पुगेको हो ।
युएईविरुद्धको ३ खेलकै एकदिवसिय श्रृङ्खला पनि जितेको नेपाल एक दिवसीय वरीयतामा भने नेपाल १४ औं स्थानमा यथावत छ ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


