आईपिएम पाठशाला सम्वन्धी तालिम सम्पन्न ।

आँधीखोला खवर/ पुतलीवजार :
पुतलिबजार नगरपालिका ३ मा प्रगतिशिल कृषक पाठशालाले सत्रुजिब ब्यवस्थापन आईपिएम तालिमको समापन गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा गरिएको १९ दिने काक्रा खेतीलाई कसरी लगाउने र उत्पादन गर्ने भन्ने बिषयमा तालिमममा भिम प्रसाद शर्माले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा नगर प्रमुख सिमा कुमारी क्षेत्रीले तालिम लिएर सिकेका कुरालाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
सिकेको कुरालाई अरुलाई पनि सिकाउन आग्रह गर्दै क्षेत्रीले सिकेको कुरा कार्यान्वयन गर्न सकेमा आर्थिक समृद्धि हुने बताउनुभयो । कार्यक्रममा नगरपालिका प्रमुख कार्यकारी अधिकृत रुद्र बहादुर मल्ल, वडा अधयक्ष अमृत कुमार श्रेष्ठ, कृषि बिज्ञ ख्याम नारायण चापागाई, हुम बहादुर कुमाल नगरपालिका सदस्य सिद्धिमान कुमाल, वडा नं १ का वडा सदस्य कुलान्द लम्साल लगायतले मन्तबय मन्तब्य राख्नु भएको थियो ।
३५ जना कृषकको सहभागिता रहेको तालिममा बिउ बिजन समेत बितरण गरिएको थियो । पाठशालाका अध्यक्ष बोधराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब शालिकराम मरासिनीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…