आईपिएम पाठशाला सम्वन्धी तालिम सम्पन्न ।
आँधीखोला खवर/ पुतलीवजार :
पुतलिबजार नगरपालिका ३ मा प्रगतिशिल कृषक पाठशालाले सत्रुजिब ब्यवस्थापन आईपिएम तालिमको समापन गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा गरिएको १९ दिने काक्रा खेतीलाई कसरी लगाउने र उत्पादन गर्ने भन्ने बिषयमा तालिमममा भिम प्रसाद शर्माले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा नगर प्रमुख सिमा कुमारी क्षेत्रीले तालिम लिएर सिकेका कुरालाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
सिकेको कुरालाई अरुलाई पनि सिकाउन आग्रह गर्दै क्षेत्रीले सिकेको कुरा कार्यान्वयन गर्न सकेमा आर्थिक समृद्धि हुने बताउनुभयो । कार्यक्रममा नगरपालिका प्रमुख कार्यकारी अधिकृत रुद्र बहादुर मल्ल, वडा अधयक्ष अमृत कुमार श्रेष्ठ, कृषि बिज्ञ ख्याम नारायण चापागाई, हुम बहादुर कुमाल नगरपालिका सदस्य सिद्धिमान कुमाल, वडा नं १ का वडा सदस्य कुलान्द लम्साल लगायतले मन्तबय मन्तब्य राख्नु भएको थियो ।
३५ जना कृषकको सहभागिता रहेको तालिममा बिउ बिजन समेत बितरण गरिएको थियो । पाठशालाका अध्यक्ष बोधराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब शालिकराम मरासिनीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
१ हप्ता अगाडि
वालिङ : नवौँ वालिङ महोत्सव हिजोदेखी सकिएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुलनारासहित वालिङ…


