आँधीखोले अर्सा रोटी बनाउने तालिम गल्याङमा शुरु ।

आँधीखोला खवर/गल्याङ् :
आँधीखोले अर्सा रोटी बनाउने तालिम गल्याङमा शुरु भएकोछ । गल्याङ नगरपालिकाको आर्थिक सहयोगमा तीन दिने रोटी बनाउने तालिम शुरु भएको हो । तालिमको उद्दघाटन गर्दै गल्याङ नगरपालिका उपप्रमुख देवीसरा थापा मगरले व्यवहारिक एवं शिपमुलक तालिम भएकाले लगनशिल भएर सिक्न सवैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद पाण्डे,दीपक प्रसाद अधिकारी लगायतले बोलेका थिए । नगरपालिकाका सवै वडाका गरी ३५ जनाको सहभागिता रहेको तालिम संयोजक दल बहादुर सिंजालीले जानकारी दिनभयो । तालिममा आँधीखोले अर्सा रोटीका अभियान्ता शालिकराम गैह्रेले प्रशिक्षण दिनुहुने गल्याङ नगरपालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…