आँधीखोला पानी उपभोक्ता संस्था (आक्वा) को २६ औँ साधारण सभा ।

नारायण विश्वकर्मा / गल्याङ् :
आँधीखोला पानी उपभोक्ता संस्था (आक्वा) को २६ औँ साधारण सभा सम्पन्न भएको छ । गल्याङ नगरपालिका–३, लल्याङमा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा गल्याङ् –३, का वडा अध्यक्ष महेश भट्टराईले कृषिका माध्यमद्धारा गल्याङ्लाई संवृद्ध बनाउन सकिने बताउनु भयो ।
उहाँले स्याङ्जा जिल्ला जल र जमिनको खानी भएकाले सम्पुर्ण नागरिकको जीवनलाई उन्नती तर्फ धकेल्न सकिने बताउनु भयो । भट्टराईले आक्वाको विकासमा आफुले निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
साधारण सभामा उपाध्यक्ष हेमराज अर्यालले संस्थाको प्रगति विवरण संगै भावि रणनीति प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष हेमराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सचिव प्रतिमा वस्यालले र संचालन सदस्य नारायण अधिकारी (समिर) ले गर्नु भएको थियो । संस्थामा हाल तिन जना कर्मचारी छन । संस्थाले सिंचाइको क्षेत्रमा काम गर्दै आईरहेको छ । कृषकले नगदेवाली, हिउँदेवाली तथा तरकारीबालीमा पानीको उपयोग गरिरहेका छन । केहि महिना अघि संस्थाले आलुको शित भण्डार समेत संचालनमा ल्याएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…