आँधीखोलामा डुबेर छ वर्षीया बालिकाको मृत्यु ।
आँधीखोला खवर / वालिङ
वालिङ नगरपालिका ९ स्थित आँधीखोलामा डुवेर ६ वर्षिय बालिकाको ज्यान गएको छ । वडा प्रहरी कार्यालय वालिङका अनुसार आँधीखोलामा डुबेर गल्याङ नगरपालिका २ घर भई हाल वालिङ ९ भकुण्डेमा डेरा गरी बस्दै आएकी ६ वर्षीया आईश्मा गुरुङको ज्यान गएको हो ।
आमा भूमिका गुरुङसँगै सोमवार अपरान्ह आँधीखोलामा गएकी आईश्मा अकस्मात खोलामा डुबेपछि स्थानीयवासीले उद्धार गरी वालिङ हस्पिटल पुर्याएका थिए । उपचारका क्रममा बालिकाको ज्यान गएको वडा प्रहरी कार्यालयले जनाएको छ । मृतकको पोष्टमार्टमपछि ठुलोबुवा खड्कबहादुर गुरुङलाई अन्तिम संस्कारका लागि शव बुझाईएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


