आँधीखोलामा डुबेर छ वर्षीया बालिकाको मृत्यु ।

आँधीखोला खवर / वालिङ
वालिङ नगरपालिका ९ स्थित आँधीखोलामा डुवेर ६ वर्षिय बालिकाको ज्यान गएको छ । वडा प्रहरी कार्यालय वालिङका अनुसार आँधीखोलामा डुबेर गल्याङ नगरपालिका २ घर भई हाल वालिङ ९ भकुण्डेमा डेरा गरी बस्दै आएकी ६ वर्षीया आईश्मा गुरुङको ज्यान गएको हो ।
आमा भूमिका गुरुङसँगै सोमवार अपरान्ह आँधीखोलामा गएकी आईश्मा अकस्मात खोलामा डुबेपछि स्थानीयवासीले उद्धार गरी वालिङ हस्पिटल पुर्याएका थिए । उपचारका क्रममा बालिकाको ज्यान गएको वडा प्रहरी कार्यालयले जनाएको छ । मृतकको पोष्टमार्टमपछि ठुलोबुवा खड्कबहादुर गुरुङलाई अन्तिम संस्कारका लागि शव बुझाईएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…