‘वडाको विकास सगै पुतलीबजारको विकास हुन्छ
रोशन लामिछाने / स्याङ्जा

पुतलीबजार नगरपालिकाकी प्रमुख सिमा कुमारी क्षेत्रीले वडाका योजनाहरु नगरपालिका प्रमुख योजनाहरु रहेको बताएकी छन् । सबै वडाको विकास सगै पुतलीबजार नगरपालिकाको विकास हुने बताउदै विकासमा लाग्नु पर्ने उनले बताईन् ।
नगरप्रमुख क्षेत्रीले जाड्खोला, पेल्काचौर, गुमार्दी ग्रामिण सडकको स्तरउन्नतीको अनुगमन तथा नालीको सिलन्यास गर्दै सडक निर्माणले स्थानीयको आर्थिक क्षेत्रमा टेवा पुग्ने बताईन् । उनले पुतलीबजारमा चहल पहल वढ्ने बताउदै सडक निर्माणले ग्रामीण क्षेत्रमा उत्पादन भएका तरकारी र फलफुलले बजार पाउने धारणा व्यक्त गरिन् ।
उनले युवाहरुलाई परिचालन गरि वडाका विकास निर्माणमा प्रयोग गर्न सकेको खण्डमा युवाहरुलाई रोजगारी दिन सकिने बताईन् । सडकको नाला निमार्ण गर्न पेल्काचौरका करिब ३० जना युवाहरुलाई तालिम दिई काममा लगाइएको छ ।
सिलन्यास कार्यक्रममा पुतलीनगर पालिकाका उपप्रमुख महेश पुरी, बाटो समितिका अध्यक्ष मनबहादुर गुरुङ र सचिव राजेन्द्र शर्मा अर्याल लगायतले सबै मिलेर सडक मजबुत बनाउनु पर्ने बताएका थिए ।
आर्थिक वर्ष २०७४÷०७५ मा ३२ लाख बजेट परेको उक्त सडकमा स्तरउन्नती र नाला निर्माणमा पुतलीबजारबाट यस आर्थिक वर्ष ४५ लाख रकम विनियोजन भएको सडकका उपाध्यक्ष सरोज अर्यालले जानकारी दिए ।
करिब १२ किलोमिटर रहेको जाड्खोला, पेल्काचौर, गुमार्दी ग्रामीण सडखखण्डको अर्काे आर्थिक वष डिपीआर गरि कालो पत्रेको लागि प्रकृया अगाडी बढाईने पुतलीबजार नगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।
सोही क्रममा नगरप्रमुख क्षेत्रीले जाड्खोलामा निर्माणधिन सार्वजनीक शौचालयको पनि अनुगमन गरेकी छन् । बैशाख १ गतेबाट संचालन हुने तरिकाले काम गर्न उपप्रमुख महेश पुरीले अनुरोध गरे ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


