मल्ल के सुन्दरकाे उपन्यास शंखधर’ सार्वजनिक
काठमाण्डाै – नेपाल संवतका प्रवर्तक शंखधर साख्वाः मा आधारित उपन्यास ‘शंखधर’ सार्वजनिक गरिएको छ ।

नेपाल संवत आन्दोलनका अगुवा मल्ल के सुन्दरद्वारा लिखित त्यस उपन्यासको शुक्रबार संस्कृतिविद् सत्यमोहन जोशीले काठमाण्डौमा एक कार्यक्रमका बीच सार्वजनिक गर्नु भएको हो ।
उपन्यासमाथि प्रकाश पार्दै प्राध्यापक अभि सुवेदीले राष्ट्रिय विभूति शंखधर साख्वाःको ऐतिहासिक व्यक्तित्वलाई उपन्यासमा चित्रण गरिएको स्पष्ट पार्नुभयो । उहाँले उपन्यासमा शंखधर साख्वाःले तत्कालीन अवस्थाका काठमाण्डौका जनताको ऋण तिरिदिएर गर्नु भएको सेवाभावलाई उजागर गरिएको पनि बताउनुभयो ।
राष्ट्रिय विभूति शंखधर साख्वाः तत्कालीन अवस्थामा लासामा सुनको व्यापार गर्नु हुन्थ्यो । त्यस व्यापारबाट आर्जन भएको सम्पत्ति उहाँले काठमाण्डौ उपत्यकाका नागरिकलाई ऋणबाट मुक्त बनाउन खर्च गरिएको ऐतिहासिक तथ्यलाई उपन्यासमा समावेश गरिएको छ ।
उपन्यासमा राष्ट्रिय विभूति शंखधर साख्वाःले आगलागीमा परेका तत्कालीन काठमाडौं उपत्यकाका जनतालाई गर्नु भएको सेवाभावको पनि चर्चा गरिएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


