ठेकदारको लापरबाही : चापाकोट र घिरिङ जोड्ने मोटरेबल पुल नसकिँदै लच्कियो
स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ६ र तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर १ को बैंडी जोड्ने मोटरेबल पुल ठेकेदारको लापरबाहीकै कारण निर्माण सम्पन्न नै नभइ भत्काउनुपर्ने देखिएको छ ।
सन्तोषी नागार्जुनदेवी चितवनले २०७२ असार २८ गतेभित्र निर्माण सक्ने गरी २०७० असार २८ गते मैदीखोला पुलको ठेक्का लिएको थियो । तर, अहिले २०७६ साल लागिसक्दा पनि पुल बनेको छैन ।
निर्माण सक्नुपर्ने समय गुजारेको ठेकेदार कम्पनीको लापरबाहीले पुल १५ सेन्टीमिटर लच्किन पुग्दा अहिले पुनः भत्काउनुपर्ने अवस्था आइपरेको सडक डिभिजन कार्यालय पोखराले बताएको छ ।
यो नयाँ प्रविधिबाट निर्माण गर्न लागिएको पुल हो । बिम ढलान गरिसकेपछि टुचन प्रयोग गरी १४ दिनपछि लोड तान्नुपर्ने पुलमा समयमा कामै नगरिँदा यस्तो अवस्था आएको डिभिजन इन्जिनियर हरिकुमार पोखरेलले बताए । ‘सुरुमा पुलमा प्रयोग हुने टुचन नै कमजोर र खिया लागेको लिएर आए । पछि अर्को ल्याएपछि पनि समयमा काम नहुँदा पुल भत्काउनुपर्ने भएको छ,’ इन्जिनियर पोखरेलले भने, ‘२/३ सेन्टिमिटर तलमाथि भएको भए पनि अर्को विकल्प प्रयोग गरी मिलाउन सकिन्थ्यो होला तर, १५ सेन्टिमिटर लच्किएको छ । मिलाउन सक्ने अवस्था छैन ।’
पुल निर्माण गरिसक्ने बाचासहित २०७२ पुस २० गतेसम्मका लागि म्याद थप गरेको कम्पनीले अहिले निर्माण नै अलपत्र पारेको छ । ‘पुल निर्माण थालिएको ५/६ वर्ष भइसक्यो । सडक डिभिजनलाई पनि सोध्यौं, ठेकदार कम्पनीलाई पनि ध्यानाकर्षण गरायौं, केही लागेन,’ स्थानीय पेश्क कार्कीले भने, ‘अहिले पुलै काट्नुपर्ने अवस्थामा छ भन्ने सुनेको छु ।’
पुल भत्काउन ठेकदार कम्पनीलाई ताकेता गरिरहेको डिभिजन इन्जिनियर पोखरेलले बताएको खबर अनलाइनमा छ ।
५ करोड ८६ लाख ९३ हजार रुपैयाँ इन्जिनियरिङ इन्टिमेट गरिएको पुलको ३ करोड ५६ लाख ९३ हजार रुपैयाँमा सन्तोषीले ठेक्का हात पारेको थियो । उज्जवल कडेंलको कम्पनीले अहिलेसम्म १ करोड ६० हजार रुपैयाँ भुक्तानी लगिसकेको छ ।
यही कम्पनीले त्यही पुलदेखि तनहुँको घिरिङ गाउँपालिकासम्मको सडकमा नाली र ग्राभेलको ठेक्का पाएको छ तर काम कछुवाको गतिमा भइरहेको भन्दै स्थानीय असन्तुष्ट छन् ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


