चापाकोटमा दोस्रो मेयर कप सम्पन्न
टिकाराम अधिकारी /
स्याङ्जाको चापाकोट नगरपालिकामा दोस्रो मेयर कप ‘२०७६’ सम्पन्न भएको छ ।
चापाकोट नगरपालिका वडा नं ८ को दामाचौरमा दोस्रो मेयर कप पुरुष भलिबल, महिला भलिबल र खुल्ला व्याडमिन्टन खेल लगायतका विधामा प्रतिस्पर्धा भएको हो ।
चापाकोट खेलकुद विकास समितिको आयोजना र चापाकोट नगरपालिकाको व्यवस्थापनमा दोस्रो मेयर कपको उद्दघाटन चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरिले गर्नुभएको थियो ।
पुरुष भलिवलतर्फ १० वडाको १० टिमले सहभागिता जनाएका थिए भने महिला भलिवल तर्फ ७ टिम तथा खुल्ला व्याडमिन्टन प्रतियोगितामा १२ जनाले सहभागिता जनाएका थिए ।
चापाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा शुरु भएको कार्यक्रममा समितिका सदस्य शिव श्रेष्ठले स्वागत मन्तव्य र संचालन सचिव प्रेम रेग्मीले गर्नुभएको थियो ।
वडा स्तरीय पुरुष तथा महिला भलिबल खेलमा प्रथम, दोस्रो, तेस्रो र सान्तोना हुनेले क्रमश ५१, ३१, २१ र ११ हजार तथा व्याडमिन्टन खेलमा प्रथम, दोस्रो र तेस्रो हुने क्रमश २०, १२ र ८ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष निर्मल राना मगरले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


