गरिमा विकास बैंकको कमालको प्रगति,अधिकांश सूचकमा छलाङ

Garima pic


काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अधिकांश सूचकमा छलाङ मारेको छ 
बैंकले खूद नाफा ५०.५१ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा २८ करोड १५ लाखमा सीमित खूद नाफा बढाएर यो वर्ष ४२ करोड ३७ लाखको उचाई चुमाएको हो ।

अघिल्लो वर्ष ४३ करोड ६९ लाखमा सीमित संचालन मुनाफामा करिब ५२ प्रतिशतको छलाङ हान्दै यो वर्ष ६६ करोड ३४ लाख आर्जन गरेको छ भने ६९ करोड ९६ लाखमा सीमित खूद ब्याज आम्दानी बढाएर ९९ करोड माथिको उचाईमा पुर्याएको छ । 

समीक्षा अवधिमा बैंकले निक्षेप र कर्जातर्फ पनि कमालको प्रगति गरेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप करिब ६३ प्रतिशतले बढाएर ३० अर्ब ३५ करोड पुर्याएको बैंकले कर्जा बिस्तारमा ४१.६३ प्रतिशतको प्रगति गर्दै २६ अर्ब १५करोड पुर्याएको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म ५७ करोडमा सीमित रिजर्बको आकार बढाई ७९ करोड ६८ लाखको उचाई चुमाएको बैंकले ०.७८ प्रतिशतमा सीमित खराब कर्जाको अनुपातलाई अझ घटाएर ०.२६ प्रतिशमा झारेको छ। 

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २०.२६ रुपैयाँ रहेको छ। यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब ३७ प्रतिशतले बढी हो । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२८.५८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.६२ गुणा कायम भएको छ । 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP