प्रेमिकासँग बिहे गर्दै बरुण

आँधीखोला खवर
नयाँ पुस्तामा धेरैको मन जित्न सफल बलिउडका चर्चित नायक बरुण धवन आफ्नो प्रेम जीवनले पनि चर्चामा रहन्छन् । बरुणले आज आफ्नो जन्मदिन मनाउदैछन् । जन्मदिन कै दिन बरुणको एक नयाँ खबर बाहिरिएको छ । उनले यसै वर्ष आफ्नो प्रेमिका नताशा दलालको साथ बिबाह गर्दैछन् ।
पारिवारिक सुत्रको हवला दिदै भारतीय मिडियाले बताए अनुसार बरुण र नताशा आगामी वर्ष बिबाह गर्ने तयारीमा थिए । तर, दुबैको परिवारलाई यो कुरा मन्जुर भएन । दुबै परिवारको सल्लाहपछि यसै वर्ष उनीहरुको बिबाह हुने पक्का जस्तै भएको छ । केही दिनमा नै दुई परिवार मिलेर बिबाहको मिति पक्का गर्नेछन् ।
यसै वर्ष बिबाह गर्नका लागि बरुणको आमाले निकै बल गरेकी थिइन् । उनको जिद्दीले नै यसै वर्ष बिबाह हुन लागेको बुझिएको छ । उनी आफ्नो छोराको बिबाह धुमधामले गर्न चाहन्छिन् । बरुण र नताशा लामो समयदेखि प्रेममा छन् । तर, उनीहरुले आफ्नो प्रेमको विषयमा खुलेर कुरा गरेका छैनन् ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…