विरुवामा सार्वजनीक सुनुवाई

Kaligandaki Congress

आँधीखोला खवर/ विरुवा  ,

विरुवा  गाउँपालिका स्याङ्जाको सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विरुवा गाउँपालिकाको आयोजनामा र हरित शान्ति नेपालको सहयोगमा सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको  हो । 

विरुवा गाउँपालिका ६ चिन्नेवासमा रहेको स्वास्थ्य चौकीको हलमा सम्पन्न सार्वजनीक सुनुवाइ कार्यक्रममा विरुवा गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले सबै मिलेर गाउपालिकाको विकास गर्नुपर्नेमा जोड दिए । उनले विरुवा गाउँपालिकाले लिएको विकाश र समृद्धिको दिसामा कृषि र पर्यटन नै गाउँपालिकाको आम्दानीको मुख्य श्रोत हुन सक्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा उपाध्यक्ष देवीकुमारी थापा र प्रमुख प्रसाशकीय अधिकृत भेषराज आचार्य लगायतले कृषीमा रकम छुटाएर काम गरि रहेको उनीहरुले वताए । उनीहरुले पर्यटन विकसको लागि होमस्टे संचालनको लागि पनि बजेट छुटाईएको जानकारी दिए । 

कार्यक्रममा समाजसेवीहरु जिवन वाग्ले, राजेन्द्र के.सी, विद्याथी निर्मल कुवर, शिव वाग्ले, टंक लम्साल, श्रीराम कोईराला लगाएतले शिक्षा, स्वस्थ्य, खानेपानी, मोटरवाटो लगाएतका विषयमा प्रश्न गरेका थिए । 

उनिहरुले विरुवा गा.पाको आन्तरीक श्रोत कसरी जुटाउने लक्ष्य छ । गाउँपालिकाका जनतालाई रोजगारी दिलाई बिदेशीने युवा शक्तीलाई कसरी रोक्ने पहल भई रहेको छ । यहाका बाझा जमिन लाई कसरी उत्पदन सिल बनाउने लक्ष्य रहेको जस्ता प्रश्न गरेका थिए  ।

पालिका अध्यक्ष चुनप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण हरित शान्ती नेपालका उपाध्यक्ष खेम मरासिनीले गरेका थिए ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP