वालिङमा अन्त शुल्क करसम्बन्धी तीन दिने तालिम सकियो
कला राना/स्याङजा
नेपाल उद्योग वाणिज्य महासंघ र वालिङउद्योग वाणिज्य संघको आयोजनामा मंगलबारदेखि शुरु भएको तीन दिने आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क सम्बन्धी तालिम वालिङमा सम्पन्न भएको छ । आन्तरिक राजस्व विभाग पोखरा र जर्मनी सहयोगी संस्था जिआईजेटको सहयोगमा तालिमको आयोजना गरिएको हो ।
तालिमको समापन गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले जनताबाट उठेको करको सही सदुपयोग भएमात्रै राजश्व तिरौं तिरौं लाग्ने बताउनुभयो । उहाँले जनतालाई निचोरेर होईन खुसीसाथ कर तिर्नतर्फ प्रेरित गर्नुपर्छ त्यसका लागि उनीहरुले तिरेको करको सही सदुपयोग हुनु आवश्यक छ ।
“कर डराउनुपर्ने विषय नभई जान्नुपर्ने र विश्वासको विषय हो” नगर प्रमुख खाँणले भन्नुभयो, “उद्यमीहरु सचेत हुन र पालना गर्नुपर्ने न्यूनतम नियमहरु पालना गर्नका लागि यो तालिम महत्वपूर्ण रहेको विश्वास लिएको छु ।”
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ अधिकृत सीता घिमिरे, सहभागीहरुका तर्फबाट स्याङ्जा पाउरोटी उद्योग संघका अध्यक्ष रुपेन्द्र बगाले, हार्डवयर ब्यवसायी कोपिला खनाल लगायतले मन्तब्य राख्नुभएको थियो ।
वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालको स्वागतसँगै शुरु भएको समापन समारोह संघका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव केशरबहादुर खाँण ध्रुबले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


