यस्ता मानिसलाई हुन्छ तनाव
आँधीखोला खवर
चाणक्य नीतिमा कयौ ज्ञानको बारेमा बर्णन गरिएको छ । चाणक्यको नीतिलाई बुझे हरेक मानिसले आफ्नो जीवन सफल बनाउन सक्छ । यी नीतिहरुमा धर्म र ज्ञानको सहि प्रयोग कसरी गर्ने बताइएको छ । आचार्य चाणक्यले आफ्नो नीति ग्रन्थको सातौ अध्यायको १२ औँ श्लोकमा कुन प्रकारका मानिसले सधै तनाव झेल्नुपर्छ सो बताएका छन् ।
नात्यन्तं सरलेन भाव्यं गत्वा पश्य वनस्थलीम्।
छिद्यन्ते सरलास्तत्र कुब्जास्तिष्ठन्ति पादपाः।।१२।।
नीतिका अनुसार जुन मानिसको स्वभाव धेरै सोझो छ उनिहरु यस्तो हुनु हुदैन । यो उनिहरुको लागि राम्रो हैन । जंगलमा जुन रुख सीधा छ सबैभन्दा पहिले त्यसलाई काटिन्छ त्यस्तै सोझा मानिसहरु पनि अरुको निशानामा पहिले पर्छन् । यस कुरामा एक गहिरो अर्थ लुकेको छ ।
चाणक्य भन्छन्, ‘जुन मानिसको स्वभाव चाहिने भन्दा ज्यादा सीधा, सरल र सहज हुन्छ । उनिहरुले समाजमा कयौ प्रकारका झन्झटको सामना गर्नुपर्छ । चलाख र चतुर मानिसहरु यीनिहरुको सीधा स्वभावको गलत फाइदा उठाउछन् ।’
चाहिने भन्दा ज्यादा सीधा, सरल र सहज स्वभाव हुने मानिसलाई कमजोर मानिन्छ । अनावश्यक रूपमा यस्ता मानिसहरुको कष्ट झेल्नु पर्छ । ज्यादा सीधा स्वभाव भएका मानिसहरुलाई मूर्खताको श्रेणीमा हेरिन्छ ।
यसैले व्यक्ति केहि चतुर र चलाख पनि हुनुपर्छ । ताकि उ जीवनमा आफ्नो लक्ष्य प्राप्त गर्न सकोस र समाजमा खराब मानिसहरुबिच सुरक्षित रहन सकोस ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


