‘मह जोडी’ लाई बसुन्धराश्री र मानश्री पुरस्कार
काठमाण्डाै – बसुन्धरामान प्रज्ञा प्रतिष्ठानले वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’ लाई बसुन्धराश्री र मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
बसुन्धरामान प्रज्ञा प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले ‘मह जोडी’लाई सम्मान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ छ ।

बैठकले नेपाली हास्य व्यङग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयका माध्यमबाट नेपाली कला, रंगमञ्च र हास्य व्यङग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरे बापत वरिष्ठ हास्य कलाकार मदनकृष्णश्रेष्ठ लाई बसुन्धराश्री पुरस्कार प्रदानगर्ने निर्णय गरेको हो ।
त्यस्तै नेपाली कला र रंगमञ्चका क्षेत्रमा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गरेका वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यलाई वि.सं २०७६ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हाे ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


