बेमौसमी वर्षाले पुल निर्माण सामग्री बगायो
खगिन्द्र पौडेल/ स्याङ्जा : स्याङ्जा र पर्वत जोड्ने गरी निर्माण भैरहेकोे सेती खोला मोटरेबल पुल निर्माण स्थलमा राखिएको निर्माण सामग्री बेमौसमी वर्षाले बगाइदिएको छ । आगामी असार मसान्त भित्र निर्माण सम्पन्न गर्नु पर्ने पुलको निर्माण सामग्री बाढीले बगाएको हो ।
मुक्तिनाथ निर्माण सेवा र सुयान विल्डर्सले संयुक्तरुपमा निर्माण गर्दै आएको पुलले पर्वतको विहादी गाउँपालिका र स्याङ्जाको गल्याङ नगरपालिका जोड्छ । सुयान विल्डर्सका प्रोपाइटर सुदन श्रेष्ठले भन्नुभयो, ‘वैशाख ७ गते ढलानको तयारी थियो सबै सामाग्री बाढीले बगाइदियो ।’ पुल निर्माण गर्न प्रयोग गरिएका पानी तान्ने पम्प, मेसिन, गिट्टी बालुवा, ह्युमपाइप, काठ, जालीलगायतका सामाग्री बगाएको हो ।
श्रेष्ठका अनुसार दुई दिनसम्म लगातार परेको अविरल वर्षापछि आएको बाढीले करिब ३५ लाख बराबरको क्षती पुर्याएको छ । ‘बर्खा नलाग्दै पुल सम्पन्न गर्ने योजनामा थियौँ’ श्रेष्ठले भन्नुभयो ‘सामाग्री सबै बगाएपछि पुल निर्माण कार्य अब केही महिना लम्बिने छ ।’ ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल निर्माण गर्न ५ करोड १२ लाखमा सम्झौता गरिएको थियो ।
दुईजिल्ला जोड्ने मोटरेबल पुल निर्माण भएपछि दक्षिण पर्वत र पश्चिम स्याङ्जाका बासिन्दालाई आवात जावतमा सहज हुनेछ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


