खुम्बु क्षेत्रमा लेक लागेर अष्ट्रेलियन नागरिकको ज्यान गयाे
सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक अष्ट्रेलियन नागरिकको ज्यान गएको छ ।
जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ मा लेक लागेर अष्ट्रेलियन नागरिक ३१ वर्षीय फिल्प मार्गसको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

वैशाख १ गते खुम्बु भ्रमणमा आएका अष्ट्रेलियन नागरिक मार्गसको फेरुचेमा उकालो जाँदा लेक लागेका उनको त्यसै ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी टोली नाम्चेबाट ३ दिनको पैदल यात्राको दूरीमा रहेको दुर्घटनास्थलमा होलिकप्टरमार्फत पुगिसकेको सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


