स्याङ्जामा अवैध भरुवा बन्दुक नियन्त्रणमा
स्याङ्जा : स्याङ्जामा नौ थान अवैध भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयबाट अवैध हात हतियार बुझाउने ३५ दिने सूचना जारी गरेसँगै जिल्ला प्रहरी कार्यालयले आफू मातहतका प्रहरी एकाइ परिचालन गरी नौ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।
“गत चैत १ गतेदेखि २०७६ वैशाख ६ गतेसम्म सूचना जारी गरेका थियौँ”, प्रवक्ता भण्डारीले भन्नुभयो, “उक्त अवधिमा जिल्लाका विभिन्न स्थानबाट अवैध भरुवा बन्दुक नियन्त्रणमा आएको छ ।”

स्याङ्जाको बिरुवा गाउँपालिकाबाट अवैध भरुवा बन्दुक प्रयोगकर्ता दुई जनालाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बिरुवा गाउँपालिका–३ का थमनसिंह थापामगर र सोही ठाउँका थामबहादुर थापालाई पक्राउ गरी आवश्यक अनुसन्धानपश्चात् अदालतमार्फत् दुवैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो ।
बिरुवा गाउँपालिकाका–३ स्थित सिउँदी कुथर भन्ने स्थानतर्फ जाँदै गर्दा थमनसिंहले बोकेको अवैध भरुवा बन्दुक पड्कन गई निजकै कोखामा लागेर घाइते भएका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


