सन्दीप लामिछानेको क्रिकेट यात्रा

खगीन्द्र पौडेल :
सन्दीप लामिछानेको भारतको चर्चित व्यवसायिक क्रिकेट प्रतियोगिता आईपीएल यात्रा अहिले ‘परीको कथा’ जस्तै बनेको छ।
दुई वर्ष अगाडिसम्म कतै नाम नसुनिएका लामिछाने छोटो अवधिमा एकाएक राष्ट्रिय टोलीको अभिन्न अंग बने, यु-१९ टोलीको कप्तान बने र उनले हङकङ ब्लिट्जजस्तो व्यावसायिक प्रतियोगिता खेले।
त्यहाँ अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कजस्ता खेलाडीको नजरमा परेपछि अष्ट्रेलिया पुगे, त्यहाँको ए ग्रेडको प्रतियोगिता खेले र अहिले विश्वकै ठूलो व्यवसायिक क्रिकेट प्रतियोगिता मानिने आईपीएलमा समेत अवसर पाए।
यो सबै दुई वर्षभित्र भयो।
यसबीच उनले आफ्नो लेग स्पिनको जादु छर्दै आएका छन्। यु-१९ विश्वकपमा उनले आयरल्याण्डविरुद्ध ह्याट्रिक विकेट लिए, जुन सफलता यो उमेर समूहमा पाँचजनाले मात्र प्राप्त गरेका छन्।
एउटा क्रिकेट अनलाइन सर्भेमा गत वर्ष उनी विश्वका उत्कृष्ट २५ युवा खेलाडीहरुको सूचीमा परेका थिए। ‘लिटिल च्याम्प’ को उपमा पाएका उनी नेपाली शेन वार्नको उपनामले पनि चर्चित छन्।
लेग स्पिनर लामिछानेको ‘लेग ब्रेक गुगली’ शैली उनको विशेषता मानिन्छ।
यो उमेरमा उनले घुमाउरो बलमा माइकल क्लार्कमात्र होइन आईपीएलका प्रशिक्षक रिक्की पोन्टिङ समेत कायल छन्।
जसका कारण उनले पहिलो नेपाली खेलाडीका रूपमा आईपीएलमा प्रवेश पाएका हुन्।
लामिछाने आईपीएलमा यो वर्ष छानिएका एसोसियटतर्फका एकमात्र खेलाडी समेत हुन्।
चर्चा
लामिछाने आईपीएलमा छानिएको खबरले नेपालमा ठूलै तरङ्ग ल्याइदिएको थियो।
क्रिकेट निकै लोकप्रिय भएको दक्षिण एसियाको सानो राष्ट्र नेपाल, जो एसोसियट राष्ट्रहरूमा टेस्ट खेल्न सक्ने सम्मको सम्भावनाको देशको रुपमा चिनिन्छ, त्यहाँका क्रिकेट प्रेमीहरू यो घटनापछि निकै उत्साहित छन्।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…