वालिङमा अन्त शुल्क करसम्बन्धी तीन दिने तालिम सकियो
कला राना/स्याङजा
नेपाल उद्योग वाणिज्य महासंघ र वालिङउद्योग वाणिज्य संघको आयोजनामा मंगलबारदेखि शुरु भएको तीन दिने आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क सम्बन्धी तालिम वालिङमा सम्पन्न भएको छ । आन्तरिक राजस्व विभाग पोखरा र जर्मनी सहयोगी संस्था जिआईजेटको सहयोगमा तालिमको आयोजना गरिएको हो ।
तालिमको समापन गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले जनताबाट उठेको करको सही सदुपयोग भएमात्रै राजश्व तिरौं तिरौं लाग्ने बताउनुभयो । उहाँले जनतालाई निचोरेर होईन खुसीसाथ कर तिर्नतर्फ प्रेरित गर्नुपर्छ त्यसका लागि उनीहरुले तिरेको करको सही सदुपयोग हुनु आवश्यक छ ।
“कर डराउनुपर्ने विषय नभई जान्नुपर्ने र विश्वासको विषय हो” नगर प्रमुख खाँणले भन्नुभयो, “उद्यमीहरु सचेत हुन र पालना गर्नुपर्ने न्यूनतम नियमहरु पालना गर्नका लागि यो तालिम महत्वपूर्ण रहेको विश्वास लिएको छु ।”
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ अधिकृत सीता घिमिरे, सहभागीहरुका तर्फबाट स्याङ्जा पाउरोटी उद्योग संघका अध्यक्ष रुपेन्द्र बगाले, हार्डवयर ब्यवसायी कोपिला खनाल लगायतले मन्तब्य राख्नुभएको थियो ।
वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालको स्वागतसँगै शुरु भएको समापन समारोह संघका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव केशरबहादुर खाँण ध्रुबले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
माग बढेसँगै कोदो खेतीतर्फ कृषकको आकर्षण बढ्यो
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/स्याङ्जा : मौसम सफा भएसँगै स्याङ्जाका किसानहरूले कोदो भित्र्याउन व्यस्त भएका छन् । निरन्तरको वर्षा रोकिएपछि पछिल्लो एक हप्तामा…


