दलित तथा विपन्न परिवारलाई बाख्रा वितरण

तोलाकान्त बगाले/ वालिङ
वालिङ नगरपालिका २ नं. वडाको दलित तथा विपन्न समुदायलाई लक्षित गरी बाख्रा वितरण गरिएको छ ।
गरीवसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत वालिङ २ का तिलडाँडा, छप्राक र धौखोलाका स्थानीयलाई आज ४८ वटा बाख्रा वितरण गरिएको हो ।
दलित तथा विपन्न परिवारलाई बाख्रा वितरण गर्दै वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले बाख्रा तथा बंगुरपालनलाई निर्वाहमुखीभन्दा पनि ब्यवसायिक तबरले पालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एकलरुपमा लगानी तथा अन्य समस्याहरु आउन सक्ने भएकाले पनि सामूहिकरुपमा पशुपालन गर्न सके निक्कै फाईदा पुग्ने विचार ब्यक्त गर्नुभयो ।
“बाख्रा, बंगुरपालन तथा अन्य सीपका लागि ब्यवसायिक अभिबृद्धि तालिम प्रदान गर्नेछौं” प्रमुख प्रशासकीय अधिकृत सुबेदीले भन्नुभयो, “अब तपाईहरु बाख्रा, बंगुरहरु लिने मात्रै नभई सक्षम छौं भन्ने देखाउने गरी कार्य गर्न आग्रह गर्दछु ।” पशुपालन ब्यवसायलाई अपनत्व महशुस हुने गरी थप ब्यवस्थित तबरबाट अगाडि बढ्न सुझाव दिंदै प्रमुख प्रशासकीय अधिकृत सुबेदीले खोर तथा डाले घाँसको ब्यवस्थापन गर्नतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष पोतप्रसाद लम्सालले गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत नै हालसम्म ७८ वटा बाख्रा र ३५ वटा बंगुरका पाठापाठी वितरण गरिएको बताउनुभयो ।
तिलडाँडा, छप्राक र धौखोलाका २२७ दलित तथा विपन्न समुदायका घरधुरीलाई प्रत्येक घरलाई १÷१ वटाका दरले बाख्रा वा बंगुरका पाठापाठी चालु आर्थिक वर्षभित्रै वितरण गरिने अध्यक्ष लम्सालले बताउनुभयो ।
स्थानीय छप्राक, तिलडाँडा टोल विकास समितिका अध्यक्ष भोजबहादुर सार्कीले गरीबसँग विश्वेश्वर कार्यक्रम यहाँ सञ्चालन गरेर दलित तथा विपन्न वर्गको उत्थानमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…