त्रिभुवन आर्मी फाइनलमा

घोराही / आठाँैं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । आज बिहान बेलझुण्डी रङ्गशालामा भएको खेलमा प्रदेश ३ लाई शून्यका विरुद्ध ६ गोलले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
खेलमा आर्मीका शर्मिला थापा र कृष्णा खत्रीले २ र २ गोल गरेका थिए । जर्सी नम्बर ९ की थापाले पहिलो हाफको ३७ र ४० आँैं मिनेटमा लगातार गोल गरेकी थिइन् । जर्सी नम्बर १० की खत्रीले दोस्रो हाफको १५ र २२ आँैं मिनेटमा लगातार गोल गरेकी थिइन् । जर्सी नम्बर १५ की विमला चौधरीले पहिलो हाफको १० औंँ र जर्सी नम्बर २३ की इन्दिरा राईले दोस्रो हाफको ३५ औंँ मिनेटमा गोल गरेका थिए । अपराह्न साढे ३ बजेदेखि नेपाल पुलिस र एपिएफबीच फाइनल प्रवेशका लागि खेल हुँदैछ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…