त्रिभुवन आर्मी फाइनलमा
घोराही / आठाँैं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । आज बिहान बेलझुण्डी रङ्गशालामा भएको खेलमा प्रदेश ३ लाई शून्यका विरुद्ध ६ गोलले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
खेलमा आर्मीका शर्मिला थापा र कृष्णा खत्रीले २ र २ गोल गरेका थिए । जर्सी नम्बर ९ की थापाले पहिलो हाफको ३७ र ४० आँैं मिनेटमा लगातार गोल गरेकी थिइन् । जर्सी नम्बर १० की खत्रीले दोस्रो हाफको १५ र २२ आँैं मिनेटमा लगातार गोल गरेकी थिइन् । जर्सी नम्बर १५ की विमला चौधरीले पहिलो हाफको १० औंँ र जर्सी नम्बर २३ की इन्दिरा राईले दोस्रो हाफको ३५ औंँ मिनेटमा गोल गरेका थिए । अपराह्न साढे ३ बजेदेखि नेपाल पुलिस र एपिएफबीच फाइनल प्रवेशका लागि खेल हुँदैछ ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


