तारा एयरको विमान दुर्घटना

रामेछाप / तारा एयरलाइन्सको जहाज रामेछापको सदरमुकाम मन्थलीको हवाई मैदानमा अवतरण गर्ने क्रममा आज बिहान दुर्घटना भएको छ । काठमाडौँबाट १४ जना विदेशी पर्यटक लिएर सोलुखुम्बुको फाप्लुतर्फ उडेको तारा एयरलाइन्सको नाइन एन एकेके डोर्नियर जहाज खराब मौसमका कारण फाप्लुमा अवतरण गर्न नसकेपछि रामेछापको मन्थली विमानस्थल फर्किएको थियो ।
मन्थलीमा जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर रन वेको पश्चिमतर्फको मैदानमा गएर रोकिएको थियो । अवतरणका क्रममा जहाजको ‘हाइड्रोलिक’ ब्रेक नलागेर दुर्घटना भएको र अगाडिको भागमा क्षति पुगेको छ । यात्रु र चालकदलका सबै सकुशल रहेको रामेछाप नागरिक उड्डयन प्राधिकरणका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिनुभयो ।
दुर्घटना भएको विमान धावन मार्गकै छेउमा अड्किएकोले रामेछाप विमानस्थलबाट थप उडान र अवतरण अहिले पूर्णरुपमा बन्द गरिएको छ । जहाज रनवेबाट नहटाएसम्म आजका उडान बन्द गरिएको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…