गडहरे गुफाको अध्ययन अवलोकन संरक्षण र प्रचार प्रसारको अभाव

श्रीकृष्ण सिग्देल/स्याङजा
भीरकोट नगरपालिका ९ कालिकाकोट स्थित गडहरे गुफाको पत्रकार सहितको टोलीले अध्ययन अवलोकन गरेकोे छ । भीरकोट नगरपालिकाले गुफामै पत्रकार सम्मेलन सहित अध्ययन अवलोकनको ब्यवस्था मिलाएको हो । कार्यक्रमकोे उद्घाटन गर्दे गण्डकी प्रदेश सांसद मेखलाल श्रेष्ठले गुफाको संरक्षण र सम्बद्र्धन गर्दै पर्यटकीय गन्तब्यका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा यसैबर्षदेखि सो स्थलको गुरुयोजना निर्माण गरी भूगर्बबिदसंगको समन्वय गर्दै सो स्थललाई नमूना पर्यटकीय स्थल निर्माण गर्न र सडक निर्माणमा सहयोग गर्ने संसद श्रेष्ठले जोड दिनुभयो । ‘ओखतीपानी होमस्टे र गुफालाई जोड्दै पर्यटक भित्रयाउन स्थानीय तह र प्रदेश सरकारले हातेमालो गर्दे अघि बढ्ने हो’ सांसद श्रेष्ठले भन्नुभयो
कार्यक्रममा प्रदेश सांसद भागवतप्रकाश मल्ल, युवा नेता बिष्णुप्रसाद पौडेल र गोबिन्द कर्माचार्य, भीरकोट नगरसभापति तोयनाथ अर्याल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, नेकपाका नेता डोलराज ढुंगााना, भिरकोट नगर प्रवक्ता दिपेन्द्र केसी, वडा अध्यक्षहरु चन्द्रबहादुर बस्नेत, भीम गुरुङ लगायतले गडहरे गुफा प्रचार प्रसारको अभावमा ओझेल परेको बताउदै सो क्षेत्रलाई पर्यटकीय गन्तब्यसंगै जोडेर अघि बढाउनु पर्नेमा जोड दिए ।
भीरकोट नगर प्रमुख छायाराम खनालले प्रकृतीको अनुपम वरदान भीरकोटले पाएको बताउदै गुफा परिसरमा पार्क निर्माणगरी, यातायात, बिजुली, पानी होटल तथा रेष्टुरेन्ट लगायत होमस्टेकोे प्रवद्र्धनको तयारीमा जुटेको जानकारी दिनुभयो । साथै खनालले भूगर्भवीद्संग समन्वय गर्दे गडहरे गुफाको भौगोलिक अवस्थाका बारेमा बिस्तृत जानकारी लिने बताउनुभयो ।
झण्डै २५ बर्षअघि पत्ता लागेको गुफाभित्र पानीका पोखरी, बिभिन्न आकृतीका बनोट, चमेरा लगायतको बासस्थान छ । गुफाभित्र कतै सागुरा गल्ली त कतै फराकिला बाटाहरु समेत रहेको भीरकोट नगरउपप्रमुख सीमा क्षेत्रीले बताउनुभयो । झण्डै एक किलोमीटर लम्बाईको गुफा रहेको अनुमान गरिएको छ । भीरकोट नगरपालिकाले गुरुयोजना तयार गरी गुफा संरक्षणमा जुटेको छ । गुफा वरपरका क्षेत्रलाई तारबार गरिएको छ भने गुफाभित्र जानका लागि भ¥याङ्को पनि ब्यवस्था गरिएको छ । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार चुत्रबहादुर महतले गर्नुभएको थियो । भीरकोट नगरपालिका बयरघारी बजार र वालिङ बजारदेखि झण्डै ९ किलोमीटर कच्ची बाटोको यात्रापछि गुफामा पुग्न सकिन्छ । गुफामा जानका लागि मोटरबाटोको पहुच पुगेको छ । पहिलो दिनमा झण्डैं ५ सय जनाले गुफाको अवलोकन गरेका थिए भने गुफा भित्रै ५० जना पुगेको जनाईएको छ । पत्रकार सम्मेलनमा स्याङ्जा र कास्कीका पत्रकारको सहभागीता थियो ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…