खुम्बु क्षेत्रमा लेक लागेर अष्ट्रेलियन नागरिकको ज्यान गयाे

himpat_in_solukhumbu

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक अष्ट्रेलियन नागरिकको ज्यान गएको छ ।

जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ मा लेक लागेर अष्ट्रेलियन नागरिक ३१ वर्षीय फिल्प मार्गसको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

himpat_in_solukhumbu

वैशाख १ गते खुम्बु भ्रमणमा आएका अष्ट्रेलियन नागरिक मार्गसको फेरुचेमा उकालो जाँदा लेक लागेका उनको त्यसै ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी टोली नाम्चेबाट ३ दिनको पैदल यात्राको दूरीमा रहेको दुर्घटनास्थलमा होलिकप्टरमार्फत पुगिसकेको सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP