कालीगण्डकीमा कांग्रेसको जागरण सभा
कालिगण्डकी/स्याङजा,
कालिगण्डकी गाँउपालिका ५ जैपते मा नेपाली कांग्रेसको जागरणसभा सम्पन्न् भएको छ । कार्यक्रममा वोल्दै संविधानसभा सदस्य राजु थापाले दुईतिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको वताउनुभयो उहाँले सरकारले जनता माथि विश्वाश घात गरेको आरोप समेत लगाउनुभयो । नेता थापाले कांग्रेसको एकजुट भएर लागे मात्रै देशको विकास सम्भव भएको धारणा राख्नुभयो । कार्यक्रममा वोल्दै पूर्व सांसद शंकर प्रसाद पाण्डेले देशको विकासको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने वताउनुभयो त्यस्तै गण्डकी प्रदेशका सांसद भगवतप्रकाश मल्लले कांग्रेस एक जुट भएर अगाडि वढ्न जरुरी रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधी गुरु प्रसाद भट्टराई र महेन्द्र श्रेष्ठ,विद्यार्थी नेता युवराज पाण्डेय,खगिसरा भण्डारी, महेश भट्टराई,हेमा न्यौपाने यादव पाण्डे सुन्दर, जिवी राना, प्रकाश भुषाल,फुल प्रसाद न्यौपाने,तारा न्यौपाने, ऋषि न्यौपाने, रुक वहादुर थापा लगायतले वोलेका थिए ।
जागरण सभा शालिकराम न्यौपानको सभापतित्वमा खगराज न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …