कालीगण्डकीको अस्तित्व बचाउन एकिकृत विकास आवश्यक : मन्त्री गुरुङ
टिकाराम अधिकारी/ गल्याङ,
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ्गले कालीगण्डकीको अस्तित्व बचाउनका लागि एकिकृत विकास आवश्यक रहेको बताउनुभयो ।
कालीगण्डकीमा शुक्रबार शुरु भएको जलयात्रा महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले राम्दीबाट कालीगण्डकी नदी थुनेर नेपालका तराई र भारतीय भागमा लैजाँदा तल्लो भेगका जनतालाई असर पर्ने हुदा एकिकृत विकास गरेर यसको बचावट गर्नुपर्ने बताउनुभयो ।
कालीगण्डकी नदी ड्राइभर्सन गरेर अन्यत्र लगिए कालीगण्डकीको तल्लो क्षेत्रमा ठूलो असर पुग्ने बताउँदै नदी ड्राईभर्सन भएको खण्डमा जलवायु, वातावरणीय, धार्मिक तथा सांस्कृतिक अस्तित्व नै मेटिने उहाँको भनाई थियो ।
उहाँले प्रदेश नं ४ र ५ को भविष्य कालीगण्डकीसँग जोडिएकाले पनि नदीलाई ड्राईभर्सन गरेर अन्यत्र लैजान नहुने बताउनुभयो । “नदी थुनेर नेपालका तराई र भारतीय भागमा लैजादा तल्लो भेगका जनताको शिर काटीए सरह हुने भएकाले कुनैपनि हालतमा हामी कालीगण्डकी ड्राईभर्सन गर्न दिदैनौ” मन्त्री गुरुङ्गले भन्नुभयो । गण्डकी प्रदेशले पनि कालीगण्डकी ड्राईभर्सन गरेर अन्यत्र लैजान नदिने निर्णय पनि मन्त्री गुरुङ्गले जानकारी गराउनुभयो ।
उहाँले राष्ट्रिय योजनाका रुपमा नदी ड्राईभर्सन गर्न नहुने कुरा केन्द्रिय स्तरमा नै पुगिसकेको बताउँदै शिर देखि तीर सम्मका जनता एक भएर यस कार्यमा लाग्नेछौ भन्नुभयो । कालीगण्डकी नेपालकै नदीहरुमध्ये महत्वपूर्ण नदी रहेको र कालीगण्डकी संग जोडिएका प्रदेश ४ र ५ का विभिन्न भाग पुल, सडक समस्याका कारण पछाडी परिरहेको मन्त्री गुरुङ्गलेब बताउनुभयो ।
प्रदेश नं ५ का सांसद नारायणप्रसाद आचार्यले देवघाट, मुक्तिनाथघाम, ऋषिकेश जस्ता पवित्र धार्मिक तीर्थस्थल कालीगण्डकीमा परेकाले पर्यटन विकासको ठुलो सम्भावना रहेको बताउनुभयो । अर्का सांसद युवराज खनालले यस नदीको धेरै ठूलो महत्व रहेकोले यसको बचावटका निम्ति सबै तह र क्षेत्र लाग्नुपर्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले कालीगण्डकीको गरिमा र अस्तित्वलाई जोगाउन नदी महोत्सव कार्यक्रमले ठूलो सहयोग मिल्ने बताउनुभयो । उहाँले नदी जोगाउने, संरक्षण र संवद्र्धन गर्ने कार्यमा प्रदेश नं ५ र ४ एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
विश्वमै कालीगण्डकीलाई पहिचान गराउने र नदीको महत्वलाई बचाई पर्यटन विकास गरी बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउनका लागि यस कालीगण्डकी जलयात्रा महोत्सवले ठुलो सहयोग पुग्ने कालीगण्डकी उपत्यका विकास समितिका अध्यक्ष शान्ताबहादुर श्रेष्ठले बताउनुभयो ।
रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना, चापाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष विष्णु काफ्ले लगायतले कालीगण्डकीलाई कुनैपनि हालतमा नदी ड्राईभर्सन गरेर तराई र भारतीय मुलुकमा लगेको खण्डमा तल्लो भेग मरुभुमी जस्तै बन्ने बताउनुभयो । यसको अस्तित्व बचाउन नदीलाई आफ्नै बहावमा बग्न दिने कुरामा सहभागीले जोड दिएका छन् ।
कालीगण्डकीमा ठुलो संख्यामा एकैसाथ ¥याफ्टिङ् टोलीलाई विभिन्न घाट, पुलबाट हेर्नेको भीड देखिन्थ्यो । यस नदीमा ¥याफ्टिङ् संचालन गरेर प्रशस्त आम्दानी गर्न सकिने सम्भावना रहेको नेपाल पर्यटन बोर्ड व्यवसायी दिपक रोकाय बताउनुहुन्छ ।
कालीगण्डकीको अस्तित्व र गरिमालाई बचाउन पाल्पाको राम्दीदेखि पुट्टारघाटसम्म कालीगण्डकी जलयात्रा महोत्सव सञ्चालन गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्रा महोत्सव आयोजना गरिएको हो ।
शुक्रबार मालुङ्गाबाट एकैसाथ १७ वटा ¥याफ्टिङ डुङ्गामा मन्त्रीसहित जनप्रतिनिधि, कालीगण्डकी विकास अभियन्ता, राजनैतिक दल, उद्योग वाणिज्य सङ्घ, नगरपालिका तथा गाउँपालिकाका कर्मचारी गरी १४६ जना कालीगण्डकीमा जलयात्रामा निस्केका थिए । करीब चार घण्टाको समय लगाएर भुजात सिद्धबाबा धामसम्म शुक्रबार साँझ जलयात्राको टोली पुगेको थियो । सो टोलीलाई रामपुर नगरपालिका र स्थानीय आमा समुहले स्वागत गरेका थिए ।
रम्भा गाउँपालिका वडा नं १ को उत्तरबाहिनी मालुङ्गाधाममा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षता, वडा नं १ का अध्यक्ष कृष्णप्रसाद रेग्मीको संचालनमा एक औपचारिक कार्यक्रम पछि जलयात्रा सुरु भएको कार्यक्रम भुजात सिद्धबाबाधाममा समापन गरिएको हो । । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले स्वागत र संचालन योजना सल्लाहकार कपिलबहादुर खाँणले गर्नुभएको थियो ।
शनिवार भुजात सिद्धबाबा देखि पुट्टारघाट सम्म जलयात्रा निकालिएको छ । निजी संघ संस्थाद्धारा यसभन्दा अगाडी कालीगण्डकीमा जलयात्रा निकालिएपनि सरकारी तवरबाट भने कालीगण्डकीमा पहिलो पटक जलयात्रा भएको हो ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…