एएफसी यू–१९ महिला च्याम्पियनसिप: नेपाल तेस्राे खेलमा पनि पराजित
एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपाल तेस्रो खेलमा पनि पराजित भएको छ ।
मंगलबार भएको खेलमा घरेलु टोली म्यानमारसँग २–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । नेपालले जारी प्रतियोगितामा कुनै पनि खेलमा जीत हात पार्न सकेन् । म्यानमारको मन्डलाथिरी रंगशालामा नेपालले पहिलो हाफमा अग्रता लिए पनि उक्त अग्रता जोगाउन नसक्दा पराजित हुन बाध्य बन्यो ।
नेपालका लागि मनीषा राउतले ३७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।तर दोस्रो हाफमा नेपाली टिमले २ गोल खान पुग्यो । नेपालले पहिलो खेलमा अष्ट्रेलियासँग ११–१ र उज्बेकिस्तानसँग ४–० को हार बेहोरेको थियो । जारी प्रतियोगितामा नेपालले २ गोल गर्दा १७ गोल खान पुग्यो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


