एएफसी यू–१९ महिला च्याम्पियनसिप: नेपाल तेस्राे खेलमा पनि पराजित

एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपाल तेस्रो खेलमा पनि पराजित भएको छ ।
मंगलबार भएको खेलमा घरेलु टोली म्यानमारसँग २–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । नेपालले जारी प्रतियोगितामा कुनै पनि खेलमा जीत हात पार्न सकेन् । म्यानमारको मन्डलाथिरी रंगशालामा नेपालले पहिलो हाफमा अग्रता लिए पनि उक्त अग्रता जोगाउन नसक्दा पराजित हुन बाध्य बन्यो ।
नेपालका लागि मनीषा राउतले ३७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।तर दोस्रो हाफमा नेपाली टिमले २ गोल खान पुग्यो । नेपालले पहिलो खेलमा अष्ट्रेलियासँग ११–१ र उज्बेकिस्तानसँग ४–० को हार बेहोरेको थियो । जारी प्रतियोगितामा नेपालले २ गोल गर्दा १७ गोल खान पुग्यो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…