कुँवर समाजले मनायो शिवालय मन्दिरको १४औँ वार्शिकोत्सव
आँधीखोला खवर / वालिङ :
कुँवर समाज स्याङ्जाले वालिङ ८ स्थित शिवालय मन्दिरको १४ औँ वार्शिकोत्सव मनाएकोछ । वार्शिकोत्सवको उद्दघाटन गर्दै कुँवर समाजका केन्द्रिय संरक्षक छविलाल कुँवरले कुँवर समुदायको हकहितका लागि सबै एकजुट हुनुपर्ने भन्दै आध्यात्मले मानिसलाई सतमार्गमा हिडाँउन अभिप्रेरित गर्ने बताउनुभयो ।
कार्यक्रममा समाजका केन्द्रिय संरक्षक टुकनारायण कुँवरले आफूहरु समग्र मानव कल्याणम लागेको जानकारी दिनुभयो । कुँवर समाजका जिल्ला अध्यक्ष छविलाल कुँवरले आफूहरु जिल्लामा रहेका आफ्ना संस्कृतिहरुको संरक्षण गर्न लागि परेको जानकारी दिनुभयो ।
कार्यक्रममा समाजका केन्द्रिय सदस्य केशबहादुर कुँवर, वरिष्ठ सल्लाहकार केशरबहादुर कुँवर, भविश्वर कुँवर, ठगबहादुर कुँवर, गुनाखर कुँवर, चिन्तामणि कुँवर, महिला अध्यक्ष श्याममाया कुँवर, नगरकमिटि अध्यक्ष सुर्यबहादुर कुँवर, गाउँकमिटि अध्यक्ष खिमबहादुर कुँवर, मन्दिर व्यवस्थापन समिति अध्यक्ष हिमलाल कुँवर लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, ल्या. यामबहादुर गुरुङ, वडा अध्यक्ष कमल सुवेदीलगायतको समेत उपस्थिति रहेको थियो । शिवालय मन्दिरका अध्यक्ष टुनबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कमल कुँवरले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


