अष्ट्रेलियन स्वयंसेवकलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम
तोलाकान्त बगाले/वालिङ
वालिङ नगरपालिकाको शिक्षा क्षेत्रमा कार्य गर्नका लागि आउनुभएका अष्ट्रेलियन स्वयंसेवकलाई आज वालिङमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
अष्ट्रेलियन स्वयंसेवक कार्यक्रम अन्र्तगत वालिङ नगरपालिकाले माग गरे बमोजिम वालिङको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्धेश्यले आउनुभएका फिलिप स्टेवार्डलाई स्वागत गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले स्वयंसेवककोरुपमा वालिङ आउनुभएका फिलिपले अन्य देशहरुमा शिक्षाका क्षेत्रमा बटुलेको अनुभवलाई वालिङ नगरपालिकाले ग्रहण गर्दै शैक्षिक विकास केन्द्रीत गर्ने बताउनुभयो ।
शुरुका तीन महिना शिक्षाको सुधारका लागि योजना बनाउने, योजना प्रस्तुत गर्ने, प्रस्तुत योजनामाथि छलफल तथा तयारी गरी नयाँ शैक्षिक सत्रबाट लागू गर्ने नगर प्रमुख खाँणले बताउनुभयो ।
फिलिपले अन्य देशमा बटुलेका अनुभवहरुलाई वालिङको शैक्षिक विकासमा लागू गर्दै अगाडि बढ्ने नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
शिक्षा क्षेत्रमा रहेका समस्याहरुको पहिचान गरी समस्या समाधानका लागि सबै क्षेत्रबाट सहकार्य गर्दै अगाडि बढ्ने शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताउनुभयो ।
फिलिपले वालिङ नगरपालिकामा एकवर्षको अवधिमा शिक्षा तथा क्रिकेटको विकासकालागि सहयोग गर्ने बताईएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


